तिम्रो यादमा कविता,
दुवेर रच्नुको मज्जा बेग्लै ।
सँगै बिताएका पल,
सम्झेर लेख्नुको मज्जा बेग्लै ।
गाइदिन्छौ सुरिलो गीत,
सँगै सुन्नुको मज्जा बेग्लै ।
आइदिन्छौ साथ बिताउन,
टाँढा कतै दुल्नुको मज्जा बेग्लै ।
माया साट्छौ हामी,
अधरमा चुम्नुको मज्जा बेग्लै ।
एकान्तमा वस्दा एक्लै,
यादमा रम्नुको मज्जा बेग्लै ।
तिम्रो यादमा कविता,
दुवेर रच्नुको मज्जा बेग्लै