सक्छौ भने चलाउ मेरो ,दिलमा तरबार !


सकछौ भने चलाउ, मेरो दिलमा तरबार
छ भनौ कि छैन भनौ, मेरो घरबार
बर्सादमा बर्षा सङ, रमाउछु म ता
हिउदमा हिउँ सङै, खेल्दै हिडछु म ता

बनभरि सृजनाको, चरी गीत दिन्छन
बिभोर भै मन मेरो, उतै नै डुल्छन्
हिडने बाटो गोरेटो, काँडा, जङ्घार
सक्छौ भने चलाउ मेरो, दिलमा तरबार !

खस्री खोसरी माटो, सँग मितेरी छ मेरो
सबै सारा हाम्रै भन्छु, छैन तेरो मेरो
सुगन्धनै खोज्छु छर्न, हुन्छु होला पार
सक्छौ भने चलाउ मेरो, दिलमा तरबार !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *