मेरो देश, मेरो आत्मा, मेरो अभिमान

मेरो देश, मेरो आत्मा, मेरो अभिमान
मेरो अरुण र तमोरहरु
मेरो गौरवको गडगडाहड बोकेर
शत्रुका आत्माहरु हल्लाउँछन्
मेरो ईलामका पाखाहरुमा फैलिएका चिया वगान
मेरो छात्तिभित्रको माया, प्रतिविम्वित गर्छ
मेरो कर्णालीको कङ्ल्याङ कुङ्लुङ्
मेरो संघर्ष प्रतिको विश्वास व्यूझाउँदै
विजयको मार्ग दर्शन गर्छ
मेरा पाखाहरुमा फुल्ने लालिगुराँसहरु
मेरो जीवनप्रतिको आकाङ्क्षा बनेर
आत्मा उर्जा संचार गराउँछन्
मेरो चन्द्रसूर्य मेरो हिम चुचुरामा टेकेर
मेरो पुुर्खाको गौरव शंखधोष गर्छ
मेरो कानमा गुन्जिएको – “जननी जन्मभुमिश्च ”
मेरो हृदयको संगित बनेर
मेरो जोशलाई जुरुक जुरुक जुरुक जरुक उचाल्छ
मेरो सोरठि र घाटु
मेरो पृष्ठभुमिको चिनारी बनेर
हज्जार तलबारको धारसंग जुध्ने
जुझारु राष्ट्रप्रेम पस्कन्छ
मेरा लेक बेसीका उकाली ओरालीहरु
मेरा आस्थाका मार्गहरु बनेर
गह्रा र गर्खाहरुमा पसिना सिंचित गर्न
मलाई लालायित गर्छन
विहानीमा मेरो देश, पवित्र प्रकाशमा पौडि खेल्दा
मेरा दिमागका तन्तुहरु
दुरगामी चेतनामा प्रेरणाहरु प्रदर्शन गर्छन्
अतः म भन्छु
यो देश, मेरो देश, मेरो आत्मा मेरो अभिमान

मेरो देशको माटोले
सगरमाथाको शिर
कोशीको छात्ति
बुद्धको आत्मा शहिदको रगत
पुर्खाको पसिना
र गोर्खालीको साहस बोकेर
एउटा गर्विलो कदम अघि बढाउँदा
हिमालका स्निग्ध किरणहरु
मेरो स्वाभिमान र सपना बनेर
सर्वत्र संचारित हुन्छन्
पौराणिक सगरका साठीहजार छोराहरु
मेरो साठी लाख विदेशिएका आत्माहरु बनेर
मुक्तिका लागि आग्रह गर्दा
मेरो वेदमन्त्र बनेर
मेरो साधनालाई सार्थक गराउँछन्
कालीगण्डकीका पवित्र तरङ्गहरु
अग्ला चुचुरा माथिको निलो आकाश जाने
मेरो महान् लक्ष्य
अनि आकाशगंगालाई धरतीमा बगाउँने
मेरो भगीरथ प्रयत्न
यहि तपोभुमीको पे्ररणाले पूर्ण हुन्छ
अतः म भन्छु
यो देश, मेरो देश, मेरो आत्मा मेरो अभिमान

मेरो देशको कुनाकाप्चा कतैबाट
एउटा बुलन्द हुँकार निस्कदा
विद्रोहको एउटा कर्मठ हात माथि उठ्दा
करौडौं मानवहरुको सागर
स्वर माथि संगित भर्दै
युग परिवर्तनको बिगुल फुक्छन्
मेरो मातृभुमि सन्तानप्रतिको ममता
संमृद्धिको आशिकले सिंगार्छिन
मेरा साना शिशु थुङ्गाको भविष्य
सुनगाभा र लालिगुराँस बनेर फुल्छन
अनि अलकापुरी झैँ हास्छन पश्चिम बस्तीहरु
अमरापुरी झैँ नाच्छन् पुर्वेली वस्तीहरु
कयौं ग्रिष्म र हिउँदले कल्स्याएको
परिश्रमी अनुहार उँचो गरेर
आफ्नो आस्थाको एक मुठि माटो
आफ्नो सन्ततिको नाममा नासो छोड्दा
मेरो महापरि र्निगण पवित्र हुनेछ
अतः म भन्छु
यो देश, मेरो देश, मेरो आत्मा मेरो अभिमान

अच्युतप्रसाद सिलवाल
पिप्ले ४ चितवन
हाल चावहिल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *