एउटा घाऊ निको पार्न
अर्को घाऊले भर्नै पर्ने,
अनौठो रैछ आखिर जीवन
उकाली ओराली गर्नै पर्ने ।।१।।
बाटो छोटो मोड अनेक
नचाँदा नचाँहदै हिड्नै पर्छ,
दुःखका ती पहाड पनि
हाँसी हाँसी चिर्नै पर्छ ।।२।।
मनमा सँगाली दुःख पीडा
सहेरै अधि बढनै पर्ने,
अनौठो रैछ आखिर जीवन
उकाली ओराली गर्नै पर्ने ।।३।।
पुरा गर्ने स्वार्थ आफ्नो
क्षणिक नजिक पर्दा रैछन,
पछारी यौटा अधि बढन्
चतुर्याई अनेक गर्दा रैछन ।।४।।
अरुले आगो बाल्दा मुटुमा
राप त्यसको सहनै पर्न,
अनौठो रैछ आखिर जीवन
उकाली ओराली गर्नै पर्ने ।।५।।
आफ्नो लागि मात्र आफ्नै
छायाँ केबल सहयात्री रैछ,
जति बुझेनी बुझौं लाग्ने
जीवन यस्तै यात्रा रैछ ।।६।।
बाटाका ती काँडामाथि
पाईला राखी हिड्नै पर्ने,
अनौठो रैछ आखिर जीवन
उकाली ओराली गर्नै पर्ने ।।७।।
एउटा घाऊ निको पार्न
अर्को घाऊले भर्नै पर्ने,
अनौठो रैछ आखिर जीवन
उकाली ओराली गर्नै पर्ने । ……… दर्पण
लयमा केही विचलन आए पनि मैले यस्लाई गीति कविताको नाम दिएँ ।