आँशु बग्न दे’की छैन हाँसिरहेकी छु आमा
सम्झिएर घर गाउँ बाँचिरहेकी छु आमा
फकाएर काखमा राखी खेलाउनु भ’को पल
जोगाएर मनभित्र साँचिरहेकी छु आमा
याद मात्र आइरन्छ आँखाहरू वरिपरि
तस्वीर त्यो छातीमाथि टाँसिरहेकी छु आमा
भेट हुने होला कैले औँला भाँचिदिन गन्दै
सँगालेर खुशीहरू गाँसिरहेकी छु आमा
सृजना न्यौपाने
दमक झापा
हाल यु एस ए
गजल एकदमै राम्रो लाग्यो
मन छुने गजल लेख्नु भएछ .. एकदमै राम्रो लाग्यो दिज्यु !