सुहागरात (लघुकथा)

  • by


मनप्रसाद एकदम् प्रतिष्ठित परिवारका व्राम्हण थिए । उनको चन्चलाश्री देखेर अरु सबै डाह गर्थे । उनको एकमात्र छोरा मदनको विवाह गर्ने उमेर बिस्तारै घर्किदै थियो । पल्लो गाउँको महेश्वर मुखियाकी छोरी भर्खर २१ पुगेर २२ पुगेकी मुना नामजस्तै तामाकै मुना बराबर अत्यन्त सुन्दर थिइन् । उनी राम्रो आर्थिक हैसियत कायम गरेका सम्पन्न मानिस थिए । छोरो सानै भएकोले छोरीको विवाह गरिदिने ताकमै थिए, महेश्वर । राजनाथले मध्यस्थकर्ताको भूमिका खेले र दुवै परिवारको सम्पन्नतापूर्ण प्रदर्शनले सामर्थ्यभन्दा बढी खर्च गरी विवाह सम्पन्न भो ।

विवाह सकी सबै पाहुनालाई सुत्ने वन्दोवस्त र बिदाइ सकेपछि मुना पहिल्यै पसिसकेको कोठाभित्र पस्यो मदन । मुना सोर्‍ह सिंगारले धपक्क वलेकी अत्यन्त सुन्दर र शीलवती युवती थिइन् । मुनासँग डराउँदै केही सामान्य लज्जायुक्त गफ गरेपछि मदन मुना वसेको भव्य पलङ्को बिस्तारा छोडेर नजिकैको अर्को खाटमा सुत्न गयो । मुनाले प्रतिवाद गरिन् अनि सँगै अर्को ओढ्ने ओढेर मदन सुत्यो । थकाईले चूर भएकोले ऊ केही बेरमा कुनातिर फर्किएर, भुसुक्क निदायो ।

मुना धेरै बेरसम्म निदाउन कोशिश गर्दा पनि निदाउन सकिनन् । उनले यही विषेश रातको स्वर्णिम कल्पनामा जीवनका लामा रातहरू बिताएकी थिइन्, तर जब यै रात उनीसँगै थियो उनी यस्लाई रंगीन नबनाई खेर जान दिने मूडमा थिइनन् । त्यसैले उनले आफूले ओढेको सिरक मिल्काइन् र मदनकै सिरक भित्र घुस्रन पुगिन । बिस्तारै उनले सिरक भित्र आफ्ना हातहरू केही भेट्ने उत्सुकतासहित दौडाइन् । जब केही नभेटेको भान भयो उनलाई झन कौतुहलता र विष्मयले एकैसाथ गाँज्यो । अब उनी आफ्ना जिज्ञाशाको उत्तर खोज्न पुरै समर्थ बन्दै गइन् ।उन्का हात अब मदनका पान्टका फस्नर हुँदै भित्री कपडा खोल्नमा व्यस्त बन्न थाले । त्यहाँ धेरै बेर खोज्दा पनि कुनै उत्तेजित वस्तु नभेटेपछि मुनाले मदनलाई पुरै जगाइन् र बत्ती बालेर नियालिन् । मदन किँकर्तव्यविमुढ बन्यो ऊ केही भन्न खोज्दै थियो तर मुना डङ्गरङ्ग् भुँईमा लडिन् मुखबाट केही फिँज काढिन् र मृत्युवरण गरिन् । अब मदनलाई यो सह्य भएन ऊ बाहिर फुत्त निस्कियो र धानको गोदाममा मुसा मार्न बाबुले ल्याईराखेको सेल्फस चक्की ४ वटा झिक्यो र कोठामा गएर सेवन गरी मुनासँगै अंगालोमा वाँधिएर परलोक यात्रा गर्‍यो ।

भोलिपल्ट ढोका फोडेर कोठामा पसेपछि बल्ल मनप्रसाद दम्पत्तिलाई दुई जीवनको हत्या आफैले गरेको अनुभूति भो। नहोस् पनि कसरी जब छोरो जन्मिएको थियो उभयलिङ्गी सन्तानलाई सबैका आँखा -बाट उनीहरूले जोगाए । तर समाजमा छोराको विवाह गरिदिएर अर्काकी छोरीको जीवन चुपचाप बर्वाद गर्ने र आफू सम्मानित भैरहने सोचाइलाई मुनाको कदमले विद्रोह निम्त्याएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *