Skip to content

केही तांका बान्कीहरू (महंगो क्षण)


(१)

महंगो क्षण
बित्छ हानथापमा
कस्तो फसाद
लेखिनै बाँकी छन्
शान्ति संबिधान ।

(२)

तिम्रो मुहार
मौन खुला आकाश
हेरिरहन्छु
घृणा नगरे कतै
मुर्ख सम्झी मलाई ।

(३)

मेरो देशमा
बेमेल मात्र हुदा
विकाश रुन्छ
तर ढिलै भए नि
नेपालीले हासुन ।

(४)

यौवन, रुप
झरना, खोला हैन
फेरि जिद्दी भो
अजम्बरी बन्नेको
हो त पानीको फोका ।

(५)

यो जमानामा
अन्धविश्वास बोकी
मान्छे हिड्दैछ
कुन युग, नियम ?
बोक्सी, बोक्सो अलाप्दै ।

अस्तु :

विवेक दुलाल क्षेत्री “दमक ”
(वास्तविक नाम : भानुभक्त दुलाल )
दमक, झापा
हाल :अबुधाबी, यू ए इ

2 thoughts on “केही तांका बान्कीहरू (महंगो क्षण)”

  1. माग
    मित्र
    मैले ताङ्काका बारेमा लेख्नु पर्ने भएको छ । यसको सिद्धान्त वा यसको इतिहासका बारेमा जे जानकारी छ मलाइ इमेल गरिदिनु हुनेछ भन्ने आशा गरेको छु ।

Leave a Reply to HomSuvedi Cancel reply

Your email address will not be published. Required fields are marked *