बन्धकी राखिएका मायाका पानाहरू
बाचा बन्धनहरू को त्यो ठेली
कतै बिर्सी पो जाने हौ कि
त्यसैले आऊ एउटा तमसुक गरौ
यो मन कतै भड्कियो भने
तिमीलाई छोडेर कतै लहसियो भने
खाएका कसमहरू तोडियो भने
तिमीले छलेर गयौ भने
यो मनलाई सम्झाउन
एउटा तमसुक गर्न पाए हुन्थ्यो
कतै दुर्बल भै आत्तियौ भने
माया नै बन्धक राखेर अन्तै
सुटुक्क भाग्यौ भने यो मन थाम्न
तमसुक प्रेम को गर्न पाए हुन्थ्यो
कतै जीवनबाट थाकेर उन्मुक्त संसार
रोजेर खोजेर मलाई एक्लै छोडेर
कहीं अन्तै दुर देश गयौ भने के गर्नु
यो मनलाई बुझाउन
मायाको उपहारको लाज राख्न
एउटा तमसुक लेख्न पाए हुन्थ्यो
प्रेमको तमसुक लेख्न पाए हुन्थ्यो
जिन्दगी यो पोल्टामा कसेर- मायाको राजमार्गमा
गोरेटो अनि गल्लीहरूमा
सँगै हिड्ने अनि सँगै हास्ने
सँगै बाच्ने अनि सँगै मर्ने
सम्झौता, कसम र बाचाहरूको
जन्म जन्मान्तर सम्म च्यात्न नमिल्ने
एउटा लामो तमसुक गर्न पाए हुन्थ्यो !!