अभाव र पीडामा बांच्नु पर्दा रुन्छिन् सहिदकी आमा
छोराको मृत्यु सम्झेर भावबिह्वल हुन्छिन् सहिदकी आमा
बलिदानलाइ सत्ताको भर्याङ मात्र बनाउनेहरुको
भ्रष्टरुप देख्दा आंखा थुन्छिन् सहिदकी आमा
शान्तिको नाउंमा परिबर्तनका थुप्रै एजेन्डाहरु
छोड्दै गएको खबर सुन्छिन् सहिदकी आमा
पार्टी भित्रको स्वार्थि गुट उपगुट देखेर
धिक्कार्दै हातले निधार छुन्छिन् सहिदकी आमा
तैपनि छोराको सहादतले सार्थकता पाउने आशमा
आंफुलाइ सम्हाल्दै आंसु धुन्छिन् सहिदकी आमा