Skip to content

चलचित्रका गीत

आज मन उडेर भाग्छ

आज मन उडेर भाग्छ
किन मलाई यस्तो लाग्छ
उनकै नजिक जाऊँ
उनीसँगै माया लाऊँ

यो बादल, यो पहाड, यी फूलभन्दा सुन्दर छे
यो खोला, यो झरना, यी पंक्षीभन्दा चञ्चल छे
स्वर्गकी परीलाई चुलबुले मोरीलाई
अङ्गालोमा बेरिरहुँ एकनाश हेरिरहुँ

जादु

मन यो मेरो हजुर गर्दैछ कि कसुर
लाग्छ अनौठो केही
धड्कनको तालमा चल्छ समय पनि
गर्दै इशारा केही
खै कसको दोष हो कस्तो मदहोसी हो
चल्दैछ जादु केही

किन लाग्छ माया

यो मन ढुङ्गा भए कति जाती हुन्थ्यो
न त चोट हुन्थ्यो न त हुन्थ्यो माया
यति मुटु दुख्दा पनि किन लाग्छ माया

खुसीहरू तर्की हिँडे जिन्दगी नै भो अँध्यारो
टुटिसकेको सपना पनि लागिरहन्छ प्यारो
छलुँ भन्छु छलिँदैन पछि लाग्छ छाँया
यति मुटु दुख्दा पनि किन लाग्छ माया

सावधान

जस्तो छ यहाँ त्यस्तै नै चल्छ
यस्तै छ यहाँ यस्तै नै चल्छ
चले पनि चल्छ यहाँ नचले’नी चल्छ
चुप लाग धैरै नबोल
भित्ताको’नी हुन्छ कान
सावधान !

मान्छेलाई प्रणाम

गाउँ गाउँ घुम्दै हिँड्छु शहर बस्ती डुल्दै हिँड्छु
जिन्दगीको गीत गाउँदै हिड्ने मेरो काम
ईश्वर त त्यसै ठूला मान्छेलाई प्रणाम

मेरो जात मान्छे नै हो अर्को कुनै जात छैन
कर्म नै धर्म ठान्छु अरु केही जान्या छैन
निदाउनेलाई उठ भन्छु, फुट्नेलाई जुट भन्छु
कालो बादल हटाएर आँगनीमा ल्याउन घाम
ईश्वर त त्यसै ठूला मान्छेलाई प्रणाम

चियाबारीमा

चियाबारीमा हो चियाबारीमा
सधैं उँडी हिंड्ने बादललाई
सधैं फुलिरहने फूलहरूलाई
कुन खुसी आज नौलो भई
फैलियो मेरो चियाबारीमा

तीन पाते डाँडा काटेर

तीन पाते डाँडा काटेर
कहाँ जान लाग्यौ सारंगी दाइ
पिरतीको भाखा बोकेर
उकालो ओरालो देउराली भिरालो
यो मायाले लौ न सतायो