आचार्य प्रभा

हौ तिमी प्रेरणाकी खानी

हौ तिमी प्रेरणाकी खानी
अनी कोमलताकी रानी।

हौ, जननी पनि तिमी नै
फेरि सुलभ तिम्रो बानी ।

प्रेम दिवस गीत

भन्नेहरू भन्दै गरुन प्रेम झुटो भनी
सोंच्नेहरू सोँच्दै गरुन माया खोटो भनी

कसरी खायो आगोले हेर कमलको शरीर

किन खायो आगोको लप्काले
त्यो नीरिह सुन्दर,स्वच्छ परीलाई ?
किन डाहा गर्‍यो अद्रिश्य शक्तिले
मनमा नै उडिरहने त्यो निश्छल चरीलाई ?

गजल एक प्रयास

मायाले मलाई बोलाउँदा सधैं "सानु" भन्थ्यौ तिमी
तिम्रो बचन कसरी म, अब नमानुँ भन्थ्यौ तिमी

झर्ने त्यो फूल भएछु

शृष्टिको भुल भएछु ।
झर्ने त्यो फूल भएछु

जस्ले पनि तिर्खा मेट्ने
पानीको मूल भएछु ।

स्वार्थी रैछौ माया

स्वार्थी रैछौ माया तिमी भेट्मा मात्र बोल्ने
मनको कुरा आफ्नो ठानी कहिल्यै नखोल्ने ........

म त तिम्रो भरमा परी सबै कुरा भन्थें
मिलन कहिले होला भनी दिनहरू गन्थें ........

हुँ म सानो मान्छे

संसारकै म होचा मान्छे
छैन गुनासो मलाई केही
शरीर अग्लो भएर के भो ?
छैन गुण भने केही ...........,

"सानु" भन्थ्यौ तिमी

मायाले मलाई बोलाउँदा सधैं "सानु" भन्थ्यौ तिमी
तिम्रो बचन कसरी म, अब नमानुँ भन्थ्यौ तिमी

बिक्षिप्त नगरी ईलाम

प्रकृतिकी रानीलाई दैवले छल्यो किन ?
सुन्दर त्यो आक्रिती,ध्वस्त भई जल्यो किन ?

बदामी छन गाला मेरा

बदामी छन गाला मेरा नयन छन लट्ठ
मेरो रूप हेरि हेरि पर्छन सबै दंग .........

नाइ म त नेपाल जान्न त्यहा त बन्दुक हान्छ

मान्छेका आ -आफ्नै मन पर्ने कुराहरू हुन्छन ती मध्ये कसैलाई कुकुर, बिरालो, फूल, बुढा, बुढी, केटा, केटी मन पर्छ। मलाई पनि यी मध्येमा फूल र केटा ,केटी असाध्य मन पर्छ। बुढा, बुढी, केटा, केटी मन पराउनु भनेको कर्तब्यभित्रको कुरा पनि आउछ र भनिन्छ पनि केटा, केटी, फूल, बुढा, बुढी, फूल र गीत, संगीत मन नपराउने मान्छे शायद असाधारण मान्छे नै मानिन्छन अर्थात यस्ता मान्छेहरू कठोर स्वभावका हुन्छन।

बिसौनीको अभाव

पोखेर मनका भावनाहरू
म शान्त्वनाको संघार टेक्न चाहन्थेँ
त र बिवश .........,
आजभोलि भावना पोखिने
ठाउँ नै कहाँ छ र ?

कठै!यो बर्तमान

अक्सर म बर्तमानसँग सोध्ने गर्छु
आखिर यो संघर्ष,यो लडाईं
केका लागि त ?
कहिले मन थाक्छ लखतरानसँग
कहिले मस्तिष्क थाक्छ हैरानसँग

मात्र झझल्को भयो

तिमी,
बर, पिपलको छहारी थियौ
त्यो गोरेटोको,
हर थकित बटुवाहरूको निम्ति
जो थकित अनी त्रिषित बनेर
तिम्रो शितलताको आशामा
तिम्रो कुटिमा बिश्राम गर्न पुग्दथे

मन फुलाऊ जिन्दगी

नमान पीर हँसाऊ मन फुलाऊ जिन्दगी
हाँसोले हेर पीडाले हैन खुलाऊ जिब्दगी ।

एउटै छैन सबैको कथा अनौठो संसार
खुशीले नाँच दु:खले हैन झुलाऊ जिन्दगी ।

जब तिमी आयौ समिप

मीठो उच्छ्वास भर्दै जब तिमी आयौ समिप
मृगतृष्णा बोकेर पुगेँ म पनि तिमी नजिक ..............

बढेथ्यो ढुक्ढुकी मुटुको लौन कस्तो बेगले
सताएथ्यो हामी दुवैलाई माया नामको रोगले ...........

लाग्छ सबै फिक्का फिक्का

उस्तै हो हिमाल, वन, जंगल, डाँडा, काँडा
उस्तै छन,
मान्छे पनि उनै हुन
घाम, जून उही छन
त र पनि किन लाग्छ
सबै फरक, फरक ?

बिभत्स दिवास्वप्न

उफ! कस्तो बिभत्स सपना देखेँ
सपना कहाली लाग्दो थियो
यस्तो थियो त्यो सपना
म सगरमाथाको शिरमा उभिएर
"आमा" "आमा"........
चिच्याइ रहेकी थिएँ
अनायस हावाको झोँक्का आएर
मलाई चिसो स्पर्ष दियो,

निरीह कैदी

मायाको कठघरामा थुनियौ कि
या त आकर्षणको नेलले बाँधियौ ?
मैले त देख्न थालेँ तिमीलाई
एउटा निरीह कैदी,
जो मेरो आँखामा सदा कैद भयौ
न त म तिमीलाई मायाको
चोरीको अभियोगमा माफी
दिन नै सक्छु,

खुशीले हाँस अनुकूल तिमी

परदेशमा भए पनि, खुशीले हाँस अनुकूल तिमी
दु:खको भूमरीलाई हाँसोले नास अनुकूल तिमी ।
 
नसोँच कहिल्यै म मात्र, बिदेशको पीडामा छु सधैं
खुशीमा फूलको माला, प्रेमले गाँस अनुकूल तिमी।
 

Syndicate content