अन्य विधा

गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र

आज भोलि गजल लेखनको एउटा लहर नै चलेको छ । के बुढा के तन्नेरी आज सवै गजल लेख्नमा तम्सिएका पाइन्छन । आफ्नो पनि गजलमा छाप छोड्न वा आफ्नो प्रभावलाई कायमै राख्न हत्तारिरहेका देखिन्छन । यति सम्म कि हिजो गजल केही होइन । यो कनिष्ट एवम् तुच्छ विधा हो भन्नेहरु पनि आज चोरी चोरीकन भए पनि गजल लेख्न थालेका छन ।

परदेशी छोरीछोरालाई चिठ्ठि

हजारौं बाधा र अड्चनहरुसग मुकाबिला गर्दै
आफ्नु भबिस्य सफल र सुखमय बनाउने
उद्देस्यले परदेश पसेका मेरा प्यारा परदेशी छोरी छोरामा

मोफसलः पीडा र रचनाशक्ति

माटोको सुगन्ध बोक्ने सिर्जना आयातीत नारा र विदेशी नक्कलभन्दा धरै शक्तिशाली हुन्छ, यस्तो साहित्य यथार्थका भोगाइहरूबीच फस्टाउँछ । ढुङ्गा फोरेर हुर्कने पीपलजस्तै यस्ता साहित्यले फस्टाउन अरूको सहारा लिनुपर्दैन । यो आफ्नै सामथ्र्यमा हुर्कन्छ, फस्टाउँछ र मूलधारमा समाहित भएर इतिहासमा आफ्नो स्थान आफैँ बनाउन सक्षम हुन्छ । मोफसललाई न त राजधानीको थाँक्रोको चढ्नुपर्छ, न कुनै समालोचक र अखबारी स्तम्भकारहरूको गुटगत चर्चाको अशीर्वादकै आवश्यकता रहन्छ ।

अनेसासको ईजरायल च्याप्टर गठन

अनेसासको ईजरायल च्याप्टर गठन
समुद्रपारि डट कम सम्बाददाता -

३ जनवरी, ०९ । इजरायलको तेलअभिभमा लेखक साहित्यकार तथा साहित्यप्रेमीहरुको शुक्रबार भएको एक भेलाले नेपाली भाषा साहित्यको प्रचारप्रसार गर्दै विश्वसामू चिनाउनुकासाथै प्रवासमा रहेर नेपाली साहित्यमा थप योगदान पुरयाउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर गठन गरिएको छ ।

सहित्य सृन्खला तथा शोक सभा कार्यक्रम को समय परिवर्तन बारे

कार्यक्रम को समय परिवर्तन बारे
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरद्वारा ११ जनवरी, २००९ आईतवारका दिन आयोजना गर्न लागियको ५ औं सहित्य सृन्खला तथा शोक सभा (बरिष्ठ साहित्यकार रमेश विकलको असामयिक निधन भएको यस दु:खद घडीमा) को समयमा सामान्य परिवर्तन गरियको छ । यस् अगाडि दिउसो ४ बजे कार्यक्रम शुरु हुने भनियकोमा प्राबिधिक कारणबश १ घण्टा पछाडि सारीयको ब्यहोरा जानकारी गराउन चाहन्छु । नयाँ परिवर्तित तालिका अनुसार कार्यक्रम सांझ पांच् (१७बजे)बजे सुरु हुनेछ ।

कार्यक्रम - सहित्य सृन्खला तथा शोक सभा

सहित्य सृन्खला तथा शोक सभा

अनेसास जापानले सहित्य सृन्खला तथा शोक सभाको आयोजना गर्ने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरद्वारा ११ जनवरी, २००९ आईतवारका दिन ५ औं सहित्य सृन्खला तथा शोक सभाको आयोजना गरिने जानकारी प्राप्त भएकोछ । अनेसास जापानले गत बर्ष देखी प्रारम्भ गरेको कार्यक्रम साहित्य स्रिन्खला- साहित्यिक रचना र सन्स्मरण सुन्ने-सुनाउने चौतारीको रुपमा स्थापित हुँदै गएको छ ।

Syndicate content