छातीभित्र देश दुख्छ (कविता संग्रह)
छातीभित्र देश दुख्छ
Submitted by kbs on Fri, 01/29/2010 - 08:46राति निदाउँदा पनि मन आफ्नै देश पुग्छ ।
बिदेशमा हुँदा पनि छातीभित्र देश दुख्छ ॥
अरु के नै मागुँ र खै मात्र शान्ति फुले पुग्छ ।
दुःख बिसाउँदा पनि छातीभित्र देश दुख्छ ॥
