मिना बान्तवा
"जिन्दगी" भाग-२
Submitted by minabantawa on Wed, 03/10/2010 - 01:20त्यस्तो भएको भए .... जिन्दगी
पुरानो हाँडी भए जिन्दगी
उहिलै फुटाई दिई सक्थें!
"मेरो रंगमा तिम्रो रंग"
Submitted by minabantawa on Sat, 02/20/2010 - 05:01मेरो रंगमा तिम्रो रंग, घोलिए जस्तो लाग्यो!!
हाम्रो मनको ढुक-ढुकी, टोलिए जस्तो लाग्यो!!
तिमी नजिक आई पुग्दा, बतास सरी त्यसै
एक छिनको मायाँ प्रिती, गोलिए जस्तो लाग्यो!!
"खोइ के हो जिन्दगी"
Submitted by minabantawa on Mon, 02/08/2010 - 22:34पुरानो हाँड़ी हो कि!
थोत्रे गाड़ी हो कि!
पुरानो राड़ी हो कि यो जिन्दगी!
"कसैको त"
Submitted by minabantawa on Sun, 01/31/2010 - 06:59कसैको त कति मिठो बोली
बोल्छन कठै दिलै खोली|
खोइ कसरीपो सोधुं कुन्नि
यिनी मोरी कस्कीछोरी होली|
डरडर पनि लाग्छ त्यसै
कतै हान्नेत होइन गोली|
कता बाट बोल्नसुरु गरुं
"कति मिठो गित"
Submitted by minabantawa on Sat, 01/16/2010 - 16:58कति मिठो गीत सुनुँ सुनुँ लाग्यो
कति मिठो प्रीत, चुमूं चुमूं लाग्यो!
मेरो राजा हौ राजकुमार तिमी
याम संगै रीत,चुमूं चुमूं लाग्यो!
"म आल्मलिएको मानव"
Submitted by minabantawa on Mon, 01/11/2010 - 22:22मोहने लहराले घुमाएँ झैं घुँमिरहेछु
चारकोसे जंगल झाड़ीकोबिचमा
सधैंभरि अल्मलिएको म मानव
आज त्यहीं घनघोर झाड़ीमा घुँमिरहेछु
कतिको त यहाँ रात परेर जीवन लिला नै समाप्त भयो अरे
मेरो पनि सायद त्यस्तै त होला नि
मैले दिशा ठम्याउन कहिले सकिन अनि
म अझैं निशामा छु मलाई निशा लागिरहेको छ
उत्तर दक्षिण पूर्व पश्चिम छुटाउन अझैं सकेकी छुइन

"पर्खाइको घड़ी कति मिठो"
Submitted by minabantawa on Sat, 01/09/2010 - 07:17पर्खाइको घड़ी कति मिठो
तनतनी मृदु रस पिए जस्तो
आउने गोरेटोमा आँखा नाचिम्ली हेरी रहनुमा
कति मिठो कति मिठो त्यो पर्खाइको घड़ी
दाँया बाँया चार दिशा टुलु टुलु हेरी रहनुमा
"भन तिमी को हौ?"
Submitted by minabantawa on Sat, 01/02/2010 - 17:44भन तिमी को हौ ? मेरो सपनाको राजकुमार
तिमी बिना छ्टपटिन्छ मेरो एक्लो निराश मन
हरेक-पल, हरेक-दिन उदास हुन्छु विपनी यादमा
तिमी बिना पूर्णिमाको रातहरु पनि अँध्यारो छ
"हिजो तिर भन्थ्यौ सानी"
Submitted by minabantawa on Sun, 12/27/2009 - 01:42हिजो तिर भन्थ्यौ सानी तिमीले
ढिलो आएँ भन्थ्यौ रानी तिमीले
आज कता तिर लाग्यौ मायाँलु
पार्न पायौं आतेस् जानी तिमीले
तिमीले कठपुतली संझेउ क्यारे
प्रियवर नगर मनमानी तिमीले
"म पनि पिउँदैछु मित्र"
Submitted by minabantawa on Sun, 12/20/2009 - 00:23सबैले पिउँदा हुने, के हुन्छ म पनि पिउँदैछु मित्र
अरु मधु प्यालामा जिउँदा म पनि जिउँदैछु मित्र
सुरु गरें मैले पनि आजै देखि ठाडो घाँटी लाउँन
"हेल्लो चोर काले !"
Submitted by minabantawa on Tue, 12/08/2009 - 23:16हेल्लो! हेल्लो!!हेल्ल्लो!!!
मलाई नसोधी मेरो दिलभित्र पसेछौ नि!
सुटुक्कै ढोका खोलेर मेरो दिल भित्र पस्ने?
तिमी चोर! कसले पस्नु भन्यो हँ??
"बिहे गर्ने कुरा चलाई दिउ कि?"
Submitted by minabantawa on Sun, 12/06/2009 - 22:44
तिम्ले लेखेको चिठी र फोटा,लाग्छ जलाई दिउँकी?
तिम्रो लागि बैसाखे मुना बनि, फेरी पलाई दिउँकी?
फेरी सम्झिन्छु पटक-पटक,मन मनैमा कुरा खेलाई
लाग्छ तिमी संगै बिहे गर्ने पो, कुरा चलाई दिउँकी?
"मत कवि भएछु"
Submitted by minabantawa on Tue, 12/01/2009 - 07:57बाले पढ्न पठाउँदा सिनेमा हेर्थे मत कवि भएछु
पढ्ने बेलामा गुच्छे र गोठाले अहिले मत कवि भएछु
हा! म कवि रे! जे लेखे जस्तो लेखे पनि कवि
लेखक, कवि? दुई चार वटै लेख्दैमा मत कवि भएछु
"आज भोलि"
Submitted by minabantawa on Sun, 11/29/2009 - 05:09आज भोलि म कसै सँग बोल्न डर लाग्छ!
मेरो मनको ढोकाहरु खोल्न डर लाग्छ!!
आफैले आज आफुलाई, मात्र विस्वास गर्छु!
हिउदे भेलको गहिराई पनि तोल्न डर लाग्छ!!
"मृदु"
"मेरो लक्ष्य" = बिमल जी लाई उत्तर!
Submitted by minabantawa on Wed, 11/25/2009 - 07:27मेरो लक्ष्य समयलाई पिछा गर्दै चल्नु थियो
सबैले ताप्न खोज्ने आगो भई बल्नु थियो
छितिजमा बादल बहकिन्छ जसरी हावा संगै
तेसरी नै मलाई पनि हावा संगै ढल्नु थियो
"छुरा धसाएका छन् आजकल"
Submitted by minabantawa on Tue, 11/24/2009 - 06:34मानवले आफुलाई नचिन्ने बानि बसाएका छन आजकल
आफ्नो गल्तीले आफैलाई छुराले धसाएका छन आजकल
असारमा आँखा फुटेको गोरुले झैँ सबैलाई उल्टै-उल्टो देख्ने
बानि संसारिक मानवले मन भित्र पसाएका छन आजकल
"आफैँ छु बैसाखी"
Submitted by minabantawa on Fri, 11/20/2009 - 02:34हिडेकी मत लक्ष्यको भारी बोकी
पुग्न त्यो टाढा अनन्त ठाउँमा
पुरानो गाउँ घर बनपाखा छाडी
आफैँ छु बैसाखी आफैं छु साथी
बादलसंगै उड़दैछु पिछाई घामलाई
बोकेर चोट यो छाति भरि कति
"भुन्टे तिम्रो के नै बुन्छ"
Submitted by minabantawa on Tue, 11/17/2009 - 01:56
बाँच र बचाऊ तिमी भुन्टे,तिम्रो के नै हुन्छ
हाँस र हँसाउ कसले भुन्टे,तिम्रो के नै धुन्छ
सबै संग गर सत्य कर्म,तिम्रो के नै जान्छ
तिमी गुणी हौ भने भुन्टे,खोइ के नै गुन्छ
"तिम्रो लागि अमृत र अमर"
Submitted by minabantawa on Sat, 11/14/2009 - 06:19तिमी आफुलाई हतोत्साहित नठान
तिमी हिन्नता बोध आफुलाई नगर
तिमी एक्लो छैनौ ! प्रिय !
प्रिय ! तिमीलाई भन्दैछु
दुःख नमान
चिन्ता नगर
प्रिय ! नडराउ म सँग
तिमी बिचलित कहिले हुने छैनौ
छोरी! संसारकै सृष्टी ....!
Submitted by minabantawa on Wed, 11/11/2009 - 20:40छोरी! तिमी यो सारा संसारकै सृष्टी कर्ता हौ
तर तिमी सारा संसार मै बिपक्षामा किन पर्यौ
छोरी तिमीमा छ अरे क्षमा दिने दयाको खानी
आफु मरेर पनि बचाऊ छौ अरुलाई जानी-जानी
