Skip to content

कम्जोरी मेरै हो

कम्जोरी मेरै हो

गर्थेउ होला नि पुजा तिमीले

के गर्नु त देउता बनि तिम्रो मन्दिरमा बस्न सकेन

पुछ्थेउ होला नि ति कोमल हातले

के गर्नु त हर्षको आँशु बनि ति आँखाबाट खस्न सकेन ।

थाहा हुन्थियो होला नि तिम्रो हरेक कुरा

के गर्नु त तिम्रो आफ्नै बनी तिम्रो मन भित्र पस्न सकेन

गर्थेउ होला नि माया मलाई

के गर्नु त धन सम्पत्ाि तिमीलाई सुम्पी

आफ्नो अँगालोमा तिमीलाई कस्न सकेन ॥

राजेश रुम्बा लामा

दोहा कतार

reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *