कहाँ गयौ निरमाया
Submitted by tirtha on Sun, 02/07/2010 - 17:37
पानी पर्यो असिना दर्केर
आउछु भन्यौ आइनौ फर्केर
मलाई कुराई
कहाँ गयौ निरमाया मलाई रुवाई
फूलबारीको फूल टिपी हातमा
पर्खी बसेको छु मूल बाटोमा
आँखा छलेर
आऊ हो निरमाया झट्टै गरेर
मलाई कुराई
कहाँ गयौ निरमाया मलाई रुवाई
मेला भर्न सोमबारे हाटमा
संगै संगै जाऊ माया साथमा
अघि लगाई
लैजान्छु तिमीलाई डोली चड़ाई
मलाई कुराई
कहाँ गयौ निरमाया मलाई रुवाई
मङ्सिर गए नि माघ पक्कै आउला
सिन्दुर हाली तिमीलाई लैजाउला
बाजा बजाई
लैजान्छु तिमीलाई आफ्नी बनाई,
मलाई कुराई
कहाँ गयौ निरमाया मलाई रुवाई
लखनपुर ३ झापा,नेपाल
हाल;बहराइनति

Post new comment