तिमी समुद्र म चाहिँ खहरे खोला

तिमी समुद्र म चाहिँ खहरे खोला
बगरमा परिणत हुने मेरो यो चोला ..........

तिमी बृन्दावन म चाहिँ न्याउली चरी
विरहको गीत गाउदै रुने दिनभरि ......

तिमी जोडी पिपल म चाहिँ एक्लो बर
तिमी मौलाएको छौ म त धमेरोको घर ....

तिमी सगरमाथा म चाहिँ भीरको घास
चैतमासमा डँढेलोले पार्ने सर्बानास........

तिमी पुर्णे जुन म चाहिँ औशी रात
संसार नै अध्यारो छ छैन केहि साथ .........

तिमी समुद्र म चाहिँ खहरे खोला
बगरमा परिणत हुने मेरो यो चोला ..........

राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com

Post new comment

  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
तलका शब्दहरु टाइप गर्नुहोस्।
Image CAPTCHA
Enter the characters shown in the image.