गजल

हिजो, आज, भोली भन्दै टारेपछि के गरूँ म
जित्छु भन्थें प्रेम उसको हारेपछि के गरूँ म

ढुक्कै भई बसें म 'नि अन्त नजर नडुलाई
दिन्छु भन्थ्यो जसले माया मारेपछि के गरूँ म

हात दिन्छु, साथ दिन्छु भन्दै नजिक बोलाएर
राता रात अन्तै बस्ति सारेपछि के गरूँ म

सम्झौतामा चल्छ जीवन भाग्नुपर्ने कारण हुन्न
नदेखोस् रे भन्दै बस्ति बारेपछि के गरूँ म

होला उसले सोचेको थ्यो भेट हुन्न उसको मेरो
भेटें आज तप्प आशु झारेपछि के गरूँ म

निर्मला थापा
काठमाडौँ, नेपाल

निर्मला जी ! केहि गर्न पर्दैन

निर्मला जी !

केहि गर्न पर्दैन , गज़ल लेखिरहनु होला जहाँ गए पनि तपाई को गज़ल को फेरो समाउदै फर्की हाल्छ नि ! गज़ल धेरै राम्रो लग्यो I निरन्तरता दिनु होला I

तिर्थ (यात्री)

तिर्थ (यात्री) पौडेल
गजल
ठुलो आस राख्यौ होला दिन उसले सकेन कि
खाडल थियो कि गरिबीको उढ्न सकेन कि

बोलि रहिन मागहरु, भन्थ्यो मैले सुनिरहे
जुन माग्यौ होला तिमीले जुन टिप्न सकेन कि ,

मन मुटु साटयौ भने दौलतसंग मात्र भनिन
यसो भनि भन्थ्यो निरु,कुरा बुझ्न सकेन कि,

हात माग्न बोलाउदा,हिरा मोति माग्यौ होला
बेइज्जत हुने डर भइ त्याँहा बस्न सकेन कि ,

भेट हुदा तिमिसंग अतितको यादहरुले
झरे होला नयनहरु लुकाउन सकेन कि,
लखनपुर,३ झापा,नेपाल .
हाल;बहराइन

Wa wa wa wa gajal bhanda

Wa wa wa wa gajal bhanda pratikriya gajjab chha ba

Bimal

Saudi Arabia

तिर्थ (यात्री) जी, गजल

तिर्थ (यात्री) जी,
गजल रिप्लाईको लागि यहालाई धन्यवाद ! गजल राम्रो लाग्यो!

निर्मला थापा,

गजल राम्रो लाग्यो! निर्मला

गजल राम्रो लाग्यो! निर्मला जी,

निर्मला जी गजल राम्रो छ। तेसो

निर्मला जी गजल राम्रो छ। तेसो त तपाईका सब्बै गजलहरु राम्रा नै हुन्छन्। म मझेरीको नयाँ पाठक तपाईंको शिखर प्रगतीको कामना गर्दछु।
krishnagk_102@yahoo

Gajal pratiko pratikriyaako

Gajal pratiko pratikriyaako laagi yehaharu sabailaaii dhanyebaad!

Nirmala,

Nirmala ji, Nice gajal as

Nirmala ji,

Nice gajal as like as before...

thanks for sharing with us..

keep it up

Nirmala Ji, Hijo, Aja,Bholi

Nirmala Ji,

Hijo, Aja,Bholi bhandai tarne lai tapai le pani aja,bholi ani parsi bhandai birsidinu nai uchit huncha ni hoena ra.

धेरै दिन पछी फेरी एउटा राम्रो

धेरै दिन पछी फेरी एउटा राम्रो गजल पढ्ने अबसर पाँए,धेरै खुशी लग्यो । त्यसो त लेखिका ज्यूको सबै गजलहरु राम्रा छन, तर पनि यसमा छुट्टै बिशेषता रैछ । यो क्रम निरन्तर रही रहोस् । धन्यवाद

Nepoleon

अनुभव जी, भावना जी अनि

अनुभव जी, भावना जी अनि नेपोलियन जी,
यहाँहरुको कमेन्ट को लागि धेरै धेरै धन्यबाद !

निर्मला

निर्मला जी गजल मन पराउनु

निर्मला जी गजल मन पराउनु भएकोमा यहालाइ धन्यबाद
तिर्थ यात्री

भन्दा जसो भएनी निर्मला जी

भन्दा जसो भएनी निर्मला जी मझेरी को सबै भन्दा उत्क्रिस्ठ लेखिका हुनुन्छ तपाई । तपाईं का गजल हरु पढेर मलाई नी गजल कार बन्न रहर चल्छ तर कसरी सोच्नु हुन्छ हो येस्ता भावना हरु? क्रिपया सिकाइदिनु हुन्छ कि? निरन्तर् बढी रहुन ती हात हरु.| प्रगति को सुभकामना।

योगराज जी , धन्यबाद यहाको

योगराज जी ,
धन्यबाद यहाको कमेन्टको लागि र गजल मन पराउनु भएकोमा

अर्को कुरा ,हामी जो कोहिमा पनि अनन्त भावनाहरु हुन्छन, मस्तिस्कमा यत्ति धेरै बिचारहरु आउछन कि हामी कल्पना पनि गर्न सक्दैनौ , तर फरक यत्ति हो कि कसैले त्यसलाई उतार्दछन कापीमा कसैले उतार्दैनन. लेख्ने गर्नुस हरेक विचार र भावानाहरु पक्कै पनि सफल हुनुहुनेछ. तर जुन विधा रोज्नु हुन्छ त्यसको लागि केहि अध्ययनको भने जरुर आबस्यकता पर्दछ.

निर्मला थापा

Post new comment

  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
तलका शब्दहरु टाइप गर्नुहोस्।
Image CAPTCHA
Enter the characters shown in the image.