Skip to content

पिठ्युँमा डोको अनि डोको भरि
धेरै गह्रौं भार बोकी लौरोको सहारा
लिएर उकालिन्दैछिन मेरी आमा।
बेंशीको खेत र झुप्रो घर उनको
जिबन भरिको गन्तब्य भएको छ।
हरेक बिहान उनलाई सताउन
घाम लुकामारी खेल्दै,
देउराली डाँडा देखी उदाउँछ।
सेतै हिमालसरि फुलेका केशराशी
कोर्न नपाएर नागबेली परिसकेको,
अनि समुन्द्री छालका तरंग झैं
चाउरिएको मेरी आमाको अनुहार,
मन भरि चोट भएपनि मेरो सामु
बसाईं छोडेको घरको झ्याल जस्तै
त्यो फुक्लेको दाँत अनि मेरो
प्रेरणाको लागी उनी हाँस्ने गर्छिन।
म उनको त्यो हाँसोमा दुख अनि सुख
दुवैको सुस्केरा महसुस गर्छु।
गाईभैंसी अनि भेडाबाख्रा मात्र
देखेकी मेरी आमा कहिलेकाहीं
अनुरोध र ईच्छा प्रकट गर्छिन,
छोरा! तिमी जाने शहर त
सुनैसुनको दरबारले बनेको हुन्छ रे,
त्यहाँ चरा भन्दा छिटो उड्ने,
अनि बाघ भालु भन्दा छिटो कुदनेमा
चढ्छन रे, म निभ्नु भन्दा पहिले
सक्छौ भने एकपल्ट देखाउ है,
म पनि बैकुण्ठ बास लिन्छु होला
त्यो सबै देखें भने।
मेरी आमा, उनको गन्तब्य गाउँबेंशीमा
पुरै जिबन अर्पण गरिसकेकी
तिमीलाई के थाहा? हामी बस्ने
झुपडी भन्दा शान्त, त्यो शहर छैन,
तरै पनि म मेरी आमाको रहर,
त्यो रमाईलो शहर घुमाउने छु।
खोक्रो आडम्बरमा उभिएका त्यो
स्वर्ण दरबारहरु देखाउने छु।
अनि तिमी के महसुस गर्छौ
मलाई भन्नेछौ आमा,
यो शहर त केवलनामको मात्र शहर रहेछ भनेर।
शायद तिमी उकाली ओराली गर्दा
भेटेका तिम्रा साथीसंगी सँग
साल अनि भोर्लाको पातमा
बिंडी बेरेर दुख अनि सुखको
बात मारे जस्तो देख्ने छैनौ शहरमा,
देउरालीको बरपिपलको शितल अनि
बिसाउने चौतारी भेट्ने छैनौ शहरमा।
केवल निस्तेज पिरो धुवाँमा रुमल्लिएको
अनि मान्छे हिंड्ने गोरेटोमा
आगो नै आगोको लप्काहरु
भेट्नेछौ, तरै पनि मेरी आमा
तिमीले चाहेको त्यो शहर हेर्नै पर्छ।
म त्यो तिम्रो ईच्छा र आकंक्षा
अबस्य पुरा गर्ने छु आमा,
पुरा गर्नेछु।

[भोजपुर / कोशी,
नेपाल]

8 thoughts on “मेरो आमाको रहर…!”

  1. ……….
    केवल निस्तेज पिरो

    ……….
    केवल निस्तेज पिरो धुवाँमा रुमल्लिएको
    अनि मान्छे हिंड्ने गोरेटोमा
    आगो नै आगोको लप्काहरु
    भेट्नेछौ, तरै पनि मेरी आमा
    तिमीले चाहेको त्यो शहर हेर्नै पर्छ।
    …..
    सारै मिठो लाग्यो कबिता
    इन्द्र

  2. तिमीलाई के थाहा? हामी
    तिमीलाई के थाहा? हामी बस्ने
    झुपडी भन्दा शान्त, त्यो शहर छैन,
    तरै पनि म मेरी आमाको रहर,
    त्यो रमाईलो शहर घुमाउने छु।
    खोक्रो आडम्बरमा उभिएका त्यो
    स्वर्ण दरबारहरु देखाउने छु।
    ati _ati ramro kabita paskanu bho m ekpalt feri tyo mero pahad bhojpur sity pugn lagda sallako ghari haru aauchan pikhuwa khola tarnu parchh bisaune chautari haru rukhka botharu just m ahile tehi puge thank you sir mero ghar dekhi majjale hidne lai 4 ghanta lagchh ani mero ghar cheuko jangal maro pani bharne padhero. bidi bererne pattaharu mero madhesh ghar sal r bhorlako bot bhane prassasti painchh tehi tehi rukh haruko botko yad, tehin dinko yad dilai dinu bho yahalai muri muri dhnybad,m sachai ek palt aankha haru rasae alo-alot thanks.
    शायद तिमी उकाली ओराली गर्दा
    भेटेका तिम्रा साथीसंगी सँग
    साल अनि भोर्लाको पातमा
    बिंडी बेरेर दुख अनि सुखको
    बात मारे जस्तो देख्ने छैनौ शहरमा,
    देउरालीको बरपिपलको शितल अनि
    बिसाउने चौतारी भेट्ने छैनौ शहरमा।

    “मृदु”

  3. बि जे सर कविता को भाव साह्रै
    बि जे सर कविता को भाव साह्रै दर्दनिये छ हजुरको यो कविताले मलाई मेरो बचपना याद आयो म मेरो आमा को साडी को पल्लु समातेर रुदै मेरी आमालाई सताएको सम्झना आयो वास्तव मा आमा बेदना को के कुरा……………………..l

    पिठ्युँमा डोको अनि डोको भरि
    धेरै गह्रौं भार बोकी लौरोको सहारा
    लिएर उकालिन्दैछिन मेरी आमा।

  4. Daa, malai dherai nai marmik
    Daa, malai dherai nai marmik bhawanako bejod sangam lagyo hajurko kunai tyasto coment garne shakti ma maa 6aina tai pani hajurko yo bhawanaharu urlirahos urlirahos God sanga yahi prathana gardachhu,

    hajur kai Bhai
    Mandirmilan

  5. amaako bhawanalai kadar gari
    amaako bhawanalai kadar gari kornu bhaeko yo kabitale sarai mero man laai hatrick garyo bj sir,
    yasai gari lekhnu hola, tapailai shubhakamana.

    Saroj

  6. सेतै हिमालसरि फुलेका
    सेतै हिमालसरि फुलेका केशराशी
    कोर्न नपाएर नागबेली परिसकेको,
    अनि समुन्द्री छालका तरंग झैं
    चाउरिएको मेरी आमाको अनुहार,
    मन भरि चोट भएपनि मेरो सामु
    बसाईं छोडेको घरको झ्याल जस्तै
    त्यो फुक्लेको दाँत अनि मेरो
    प्रेरणाको लागी उनी हाँस्ने गर्छिन।
    dami chha …, shabdako chayan ati ramro chha .

    tapai ko kabita padna payeko ma afulai derai bhagyamati thaneko chhu,

    ” shuvkamana tapailai ”’

  7. मेरी आमा, उनको गन्तब्य
    मेरी आमा, उनको गन्तब्य गाउँबेंशीमा
    पुरै जिबन अर्पण गरिसकेकी
    तिमीलाई के थाहा? हामी बस्ने
    झुपडी भन्दा शान्त, त्यो शहर छैन,
    तरै पनि म मेरी आमाको रहर,
    त्यो रमाईलो शहर घुमाउने छु।
    खोक्रो आडम्बरमा उभिएका त्यो
    स्वर्ण दरबारहरु देखाउने छु।
    अनि तिमी के महसुस गर्छौ
    मलाई भन्नेछौ आमा,
    यो शहर त केवलनामको मात्र शहर रहेछ भनेर।
    शायद तिमी उकाली ओराली गर्दा
    भेटेका तिम्रा साथीसंगी सँग
    साल अनि भोर्लाको पातमा
    बिंडी बेरेर दुख अनि सुखको
    बात मारे जस्तो देख्ने छैनौ शहरमा,
    देउरालीको बरपिपलको शितल अनि
    बिसाउने चौतारी भेट्ने छैनौ शहरमा।
    केवल निस्तेज पिरो धुवाँमा रुमल्लिएको
    अनि मान्छे हिंड्ने गोरेटोमा
    आगो नै आगोको लप्काहरु
    भेट्नेछौ, तरै पनि मेरी आमा
    तिमीले चाहेको त्यो शहर हेर्नै पर्छ।
    म त्यो तिम्रो ईच्छा र आकंक्षा
    अबस्य पुरा गर्ने छु आमा,
    पुरा गर्नेछु। wa …..wa……wa………kya ramro… aja yo kabita

    padera malai aama ko sarai yaad aayo…… sachai meri aama yetikhera k gardai hunuhuncha hola ?????

    sayad choro aaune bato kurera basnubhako cha hola ….. tara aama chinta nalinu akdin tapai ko choro krishna chadai nai farkera aaune cha … hajurlai samjhi……….

    krishna koirala ([email protected])

Leave a Reply

Your email address will not be published. Required fields are marked *