हिडेकी मत लक्ष्यको भारी बोकी
पुग्न त्यो टाढा अनन्त ठाउँमा
पुरानो गाउँ घर बनपाखा छाडी
आफैँ छु बैसाखी आफैं छु साथी
बादलसंगै उड़दैछु पिछाई घामलाई
बोकेर चोट यो छाति भरि कति
हिडेकी मत लक्ष्यको भारी बोकी
पुग्न त्यो टाढा अनन्त ठाउँमा
कोहि छैन अघि कोइ छैन पछि
आफैँ छु मुलो आफैं छु ओखती
तै पनि मलाई जिबनको माया
छैन है एकरति छैन है एकरति
हिडेकी मत लक्ष्यको भारी बोकी
पुग्न त्यो टाढा अनन्त ठाउँमा
पुरानो गाउँ घर बनपाखा छाडी
मिना बान्तवा “मृदु”
झापा नेपाल

मिनाजी
कविता मिठो छ यसमा लक्ष
मिनाजी
कविता मिठो छ यसमा लक्ष के हो अलिकति छुवाई दिनुभएको भए सुन मा सुगन्ध हुने थियो कि कसो ??
बिमल गौतम