Skip to content

सुन्दर अल्पभाषी

याद

बेस्सरी याद आउछ रात ढल्दै जादा ।
पीए मन भुलाउन तिम्रो याद गल्दै जादा ।।
नदेउ ऐठन त्यो याद हरूको ए पग्ली ।
रहुला खरानी त्यो यादभरी जल्दै जादा ।।

गजल

कस्ले भगवान बनायो
जानेर अञ्जान बनायो

सम्बन्ध मजबूद कती
कस्तो चिनजान बनायो

जान्मेर मर्ने रीत कस्तो
अजीब सम्मान बनायो

नसन्ने सून्छ यो दुनिया
अचम्मको कान बनायो

ऐस आराम मोज मस्ती
रात संगै बिहान बनायो
-२२असोज०७४

गजल

कस्ले भगवान बनायो
जानेर अञ्जान बनायो

सम्बन्ध मजबूद कती
मनको चिनजान बनायो

जान्मेर मर्ने यो रीत कस्तो
अजीब सम्मान बनायो

नसन्ने सून्छ यो दुनिया
अचम्मको कान बनायो

ऐस आराम मोज मस्ती
रात संगै बिहान बनायो
-२२असोज०७४

तिहार हाइकु

१)
शुभकामना
कूकुर तिहारको
कूकुरलाई

२)

दिपावलीको
मधुर दीपहरू
मधुरो भए

३)
मौषम उस्तै
फरक फरक छ
जाडो र गर्मि

४)
चाहाना तिम्रो
सगरमाथा जस्तै
होचिदै गयो

५)

औषीको रात
दीपको दिपावली
मन अध्यारो

जन्मोउत्सव

हरेक साल
अर्थात आजैको दिन
एउटा दिन बनेर आउछ
जोड घटाउको सन्दर्भमा
समयको समीक्षागर्न
चाना चाना पारेर केक
बलेको मैन बत्ती निभाउदै
जिन्दगी बाकी लक्ष अध्यारो पारेर
फेरी
अर्को जन्म उत्सव सम्म
पौष१८