Skip to content

युवराज नयाँघरे

बाटो म्याद !

  • by

घर पुग्न बिहान र बेलुका दुई घन्टा नछुट्टाए हुन्न !

मैले अरू सबै समय काममा लाए नि यी दुई घन्टा पर्छन् विशेष । जागिर, भेटघाट र किनमेल एउटै कालखण्डमा गाभ्ने गर्छु म तर घरबाट निस्कँदा र घर पुग्दाको दुई घन्टा विशेष हुन् मेरानिम्ति ।

इनरहार्बरको नयाँवर्ष

  • by

अबको केही घन्टापछि सुरु हुनेछ अर्को नयाँ वर्ष ! अर्थात् नयाँ वर्ष सन् २००८। हामी त्यहाँ महान् समयको उल्लास-उत्सवमा मिसिन पुगेथ्यौँ, डाउन टाउन। मेरील्यान्ड राज्यको मुख्य सहर बाल्टिमोर। यसै त सधैं हिस्सी पर्दो र गगनचुम्बी महलको सौन्दर्यले मोहनी लाउने बाल्टिमोर यतिखेर थियो, झिलीमिली उज्यालोले झकीझकाउ। साताभरि सास न बास भएर काम गर्ने अमेरिकीहरू नयाँ वर्षलाई छातीभरि थन्काउने चटारोमा देखिन्थे झन् व्यस्त।

लालाबाला

  • by

पस्दा सङ्गनि फर्कंदा सन्तति !

हो, यो साँचो तस्बिर । क्यान्टोन्मेनबाट फर्किरहेका लडाकु युवतीका काखकाखमा छन् कलिला शिशु । उदास, अन्योल र नाप्न नसकिने भविष्यको शृङ्खला देखिरहेँछु म । बल्दो रगत गालामा उमालेर शिविर भित्रिएथे ती ।

फेसबुकमा फत्तेमाया

हराएका मान्छे भेटिए भटाभट हो, थुपैैर मान्छेहरू हराएका थिए । हृदय र शरीरहरू हराउने करम बढिरहेथ्यो । हिजोआज ती भेटतै छु बिस्तारै-बिस्तारै ।

सर हैन म्याम

  • by

उल्काको छ अमेरिका !

हुन नसक्ने क्यै हुँदैन त्यहाँ । बरु नहुने कुरो केही छ कि भनेर गम खानुपर्ने समाज छ त्यहाँ ।

हरेक कुरा अनौठो लाग्छ । थुपै्र असहजभित्र पनि कति अचम्म लाग्दा प्रसङ्गले अझ चकित भइन्छ ।

अनिकालको बीउ

  • by

आकाश हेररिहेकाहरू धर्ती हेर्न थाले ।
पानी नपरेर धर्ती फुटिरहेथ्यो पटपटी । बल्ल मौसम बदलियो र पोखियो दसैँभरि। आकाश नबर्सिउन्जेल जताततै त्राहिमाम् । सबै भरमाथिकै । मास्तिरबाट थोपै नचुहिएपछि परेन त बित्यास ।
तै मनसुन ओर्लियो ।

अमेरिका र टोपी किस्सा

  • by

चार भिन्न रङका टोपी भए अमेरिका जाँदा । लुगाप्रति विशेष अनुराग नभए पनि विदेशमा टोपीको पहिचानले आत्मियता जगाउँछ भन्ठानी टोपीहरू चार थान बोकेको थिएँ । वास्तवमा यही एउटा खास चिनारी त छ हाम्रो पोशाकको ।
अमेरिका बसुन्जेल टोपीका केही अनुभवहरू रहे । तीता-मीठा अनेक छन् तोपीका अनुभव र अनुभूति मेरा ।

लास रुङ्ने प्याज

  • by

पाइलैपिच्छे बास !
अचेल यो कुरा जताततै सुन्न पाइन्छ । हिँड्यो कि त्यो फस्यो । उठेका पैताला पुग्ने ठाउँमा सहजै पुगिहाल्दैनन् । जहाँ र जता पनि आग्लो र भड्खारोसँग मिल्नुपर्ने ।
सडक यात्रा अविश्वसनीय र त्रासद छ अचेल ।
कुनै भर र टुंगो नहुने यो देशको । कुनै ढुक्क र पत्यार नहुने यहाँको समाज । मानिस, समूह र समाजको कुनै अडान नहुने यहाँको ।
त्यसको किचाघानमा अरू पर्नुपर्ने ।

एमकुमारी हिजो र आज

छाती पोल्यो भत्भती ।
त्यस वेदनाले पोलेको थियो छाती, जुन कुरा मार्मिक थियो एकदमै । ती आ“खाले रुवाउन खोजे मलाई । ती कुराले अत्याउन खोजे मलाई । कस्तो नरमाइलो भइरहेको दिन र हरेक छिन ।
पहिरोले बगाउन आ“टेको पि“ढीजस्तो । बाढीले बर्ढार्न आटेको आ“गनजस्तो ।
स्वयम्भूका दर्ुइ आ“खा ।

जात्राको रङ

  • by

गरुड फेदकै बाटो भएर
गएको जात्राको रौनक
साटिएको छ घरिघरि
दुःख र रुवाइको सम्पन्न खबर भएर
डबलीमा खेलिरहेका
स-साना नानीहरूका आ“खामा
हिजो बेलुका समाचारको दृश्य
डोरिएको छ