Skip to content

गोपाल अर्याल

GopalAryal

सत्य मलाई मान्छे बन्नु छैन

सत्य
मलाई मान्छे बन्नु छैन
र बाँध्नु छैन सीमाना
स्वतन्त्रताहरू माझ

राजदुतावासहरू
मलाई बन्दुक तेर्स्याउन्छन्
समाज
मलाई औंलो ठड्याउँछ
कानून अन्याय गर्छ
म माथि !
कसले बनायो देश
र कोर्यो सीमाना ?

मनको बहकाउमा

संसार अनौठो छ । मान्छेहरू अनौठा छन् । कसैलाई मायाको भोक छ । कसैलाई अनौठो सौख छ । मलाई माया गर्ने मान्छे, मलाई घृणा गर्ने मान्छे, मेरो जीवनलाई बिचरा भन्ने र यहीँ जीवनसँग जल्नेहरू पनि धेरै भेटें मैले ।

ला…. मैले यो के लेखेँ ? किन लेखेँ ? अब के लेख्नु ? केही पनि थाहा छैन । तर मेरा मनबाट निस्किएका यी शब्दहरू यसै खेर जान्छन कि जस्तो लाग्छ । भोलि पर्सी डायरीमा समेट्छु भन्ने बिचार पनि आउँछ तर त्यति बेला त त्यो प्रतिलिपि मात्र हुन्छ । “यसको असली मजा त यसैमा छ नि !” जस्तो पनि लाग्छ तर यी पानाहरू कति सिरक्षित रहलान भन्न सकिन्न ।

मन दिने, तन दिने, माया दिने

मन दिने, तन दिने, माया दिने दुइचार छन् !
घुर्क्याउने, फुर्क्याउने, फकाउने हजार छन् !

प्रेमीहरूको बजार छ, हुलमा मोलामोल छ !
किन्नेहरू थोरै, बरु बेच्ने मारामार छन् !

पुरातनवादी सुर्य

आजभोली म हरेक बिहान
पश्चिम फर्किएर हेर्छु
सुर्य उदाउँछ की भनेर
तर ऊ कहिल्यै पश्चिम बाट उदाएन |

हामी कति बद्ली सक्यौँ
आफुलाई आधुनिक बनाउन
हामीले कति कुरा छोडी सक्यौँ
धर्म छोड्यौँ
संस्कृती छोड्यौँ
भाषा छोड्यौँ
जुन आफ्नो पना हो, छोड्यौँ
साच्चै भन्दा
हामीले आफैँलाई छोड्यौँ
हामी यत्रो परिवर्तन भइसक्यौं
तर म छक्क पर्छु
यो सुर्य भने अझै पूर्वबाटै उदाउँछ |

यहाँ स्त्रीहरु गर्भिणी हुन मान्दैनन्
पुरुषहरु आमा चिन्दैनन्
हामीले फुलहरु चुँडेर
ढुंगा रोपी सक्यौँ
तर म छक्क पर्छु
यो सुर्य अझै किन पूर्वबाटै उदाउँछ?

हामीले पछौटेको दाग
मेटाउन लाग्दा लाग्दै
हामीमा भएको “मान्छे” को

यात्रा कथा

‘ग्रीन हाउस होटेल, लालगढ’ लेखेको भातघरमा आएर गाडी रोकियो | आफुलाई भुँडीमा हाल्नु भन्दा भएकोलाई व्यवस्थापन गर्न हतार थियो | गाडीबाट ओर्लिने बित्तिकै रातो अक्षरले शौचालय लेखिएको भित्तामा आँखा गयो तर अडिएन | त्यहि भित्तामा देखाइएको दिशानिर्देशन अनुसार बाटो लागेँ | पछाडि पट्टि पुग्दा गोडाचारेक केटाहरु भित्तै बगाउँला जस्तो गरि, पम्पिसेटले पानी फाले झैँ फालिरहेका थिए | महिला शौचालय थिएन |