Skip to content

डा. ध्रुवचन्द्र गौतम

उचाइ

ऊ पहाडमाथि चढ्यो र आफूलाई पहाडभन्दा केही ठूलो ठान्न थाल्यो । उसले हिसाब लगाएर हेर्यो, यस बखत ऊ केवल आकाशमुनि थियो र उसको मुन्तिर सिङ्गै पहाड थियो ।

छ दशकको यात्रा गरेपछि

  • by

आजभन्दा ६९ वर्षअघिको एउटा चिसो साँझ। २ पुस २००० को बृहस्पतिबार बेलुकी ७ बजेर ३५ मिनेट जाँदा लेबर पेनले छटपट गरिरहेकी दीपवतीदेवीले आफ्नो चौथो सन्तानलाई जन्म दिनुभयो।

उत्तम नेपालीसँग एक दिन

  • by

रफ्ता-रफ्ता वो मेरी हस्तीका सामां हो गए
पहेले जां फिर जानेजां, फिर जानेजाना हो गए।

मेहदी हसनले गाएको यो गजल कोठामा बजिरहेको थियो, हामी ध्यानमग्न भएर सुनिरहेका थियौँ।

ईश्वर बरालसँगका क्षणहरू

  • by

ईश्वर बराललाई जब मैले चिन्न थालेँ, म उनको संस्मरण लेख्ने लायक थिइनँ। किशोरावस्थाको कुरो हो। उनका सयपत्री, हिमालचुली र झ्यालबाट प्रकाशमा आइसकेका थिए। मेरो आफ्नो रुचि अनुसार निश्चय नै झ्यालबाटले मलाई सबभन्दा बढी आकषिर्त गरेको थियो। यद्यपि, उनका उल्लिखित अन्य दुई ग्रन्थ पनि नेपाली साहित्यमा कोसेढुंगाको हैसियत राख्छन्।

मधुपर्कमा मेरो लेखनको कीर्तिमान

  • by

संस्थागतरूपमा हेर्दा ‘गोरखापत्र’ सित मेरो सम्बन्ध धेरै पुरानो हो । ‘गोरखापत्र’ सित मेरोभन्दा पुरानो सम्बन्ध हुने धेरै होलान् । सबभन्दा पुरानो अखबार हो, त्यसकारण त्यो स्वाभाविक हो । मेरो सम्बन्ध अलिक अर्कै खालको हुनाले उल्लेख गरेको हुँ ।

समारोह

  • by

हाम्रो कम्पनी अब कर्पोरेट बनेको थियो। हामी देशका मल्टिनेशनल भनिने गन्तीका थोरै कम्पनीमा सामेल भइसकेका थियौं। प्रचारहरूमा हामी भन्दथ्यौं, “हाम्रो सफलता हाम्रो सङ्घर्ष हो।” कोही कोही यसलाई उच्च आकाङ्क्षाको मनोविज्ञान मान्दथे जुन हाम्रा लागि हानिकारक थिएन।

धुस्वाँका साथ एक सार्थक यात्रा

  • by

कति व्यक्तिका साथ मैले यात्रा गर्ने मौका पाएको छु । म साहित्यिक व्यक्तिहरूको कुरा गर्दैछु । धुस्वाँ साय्मि, वासु शशीलाई सम्झन्छु, जो अब यस संसारमा छैनन् । उनीहरूको संगत, खासगरी यात्रामा बिताएका क्षणहरूको सम्झना मलाई आज पनि बारम्बार आइरहन्छ । यहाँ म धुस्वाँ साय्मिसँगको यात्रा क्षणहरूको स्मरण गर्न चाहन्छु ।

वीरगञ्जको दशैं

  • by

साठी वर्षअघि वीरगञ्ज यति ठूलो थिएन। ५५ देखि ४५ वर्ष अघिसम्म पनि सानै थियो, तर रमाइलो थियो। २००७ सालमा क्रान्तिको थालनी वीरगञ्जबाटै भएको थियो भन्ने तथ्य कतिलाई सम्झ्ना नहोला। काठमाडौंमा बस्ने पर्सावासी

बूढेसकालको उमेर सुनाउँदै गोरखातिर

  • by

गोरखा भन्नासाथ मलाई इतिहासकै स्मरण हुन्छ । हुन त त्यहाँ प्रकृति पनि आफ्नो अद्भुत छटा छरेरै बसेको छ । तर त्यहाँ इतिहास विस्तृत छ । यसपटक गोरखा जाँदा मैले फेरि इतिहासको स्मरण गरेँ ।

टीपु सुल्तानको रूख

  • by

आपनो जीवनमा धेरै यात्रा त गरेको भन्न सक्दिनँ म, त थोरै भए पनि अविस्मरणीय यात्रा भने गरेको छु । सबभन्दा बढी भारत गएको छु, निजी र समाहोरात्मक दुवै प्रकारले । विभिन्न भ्रमणहरूमा सधैँ विविधता पाउँछु भारतमा ।
धेरै समयअघि भारतको एक अविस्मरणीय साहित्यिक यात्रा गर्ने अवसर पाएको थिएँ । त्यसमा मैले ठूल्ठूला साहित्यिक व्यक्तित्वहरूसित हिँड्न पाएको थिएँ । त्यही मेरो ठूलो उपलब्धि भयो, जुन आज पनि मेरो मानसपटलमा सम्झनाका रूपमा सुरक्षित छ ।

ढुङ्गा

केवल एउटा ढुङ्गा बाँकी थियो । आफ्नो भन्नलाई र घर भन्नलाई । ढुङ्गा ?
हो । एउटा विशाल चट्टान भनुँ । पातलो हुँदै भुइँमा गाडिएको थियो । मास्तिर विशाल फिंजिएको त्यो चट्टानको विस्तृत भाग थियो । कथामा वणिर्त शेषनाग झैं ।
उसलाई शेषनागले यसैगरी ढाकेर शिशु कृष्णलाई ओत दिएको कथा थाहा थियो । सोच्न थाली – ‘शेषनागले डस्न पनि सक्दो हो । कृष्ण भएर डसेन । त एउटी यस्ती आइमाई यो ओत दिने ढुङ्गाले थिचिदिन के बेर ?’

म त लालुप्रसाद भएँछु

  • by

निकै समयअघिको कुरो हो । म वीरगन्जबाट फर्केको थिएँ । एकदिन टुँडिखेलमा बसेर बदाम खाइरहेको थिएँ । जाडोयाममा घमाइलो दिनमा चउरमा घाम ताप्दै बदाम खानुको मजा नै अर्कै हुन्छ । केही साथीहरू पनि थिए । यस्तो चलन नै थियो । अझै पनि होला । त्यत्तिकैमा एउटा मानिस आएर उभियो । उसले सोध्यो, “कहिले आउनुभयो -”
मैले भनेँ, “पाँच-सात दिन भयो ।”

भूपि शेरचन कालजयी सार्थकता

  • by

वटुटोलको एउटा अँध्यारो कोठामा एक युवक पल्टिरहेको थियो। मेरा एक दाइ वटुकचन्द्र गौतमका साथमा म गएको थिएँ। धेरै अघिको घटना भएकाले सालको सम्झ्ना भएन। केहीबेर कुरा गरेपछि हामी दुवै निस्कियौँ। बाहिर आएपछि दाइले भन्नुभयो, “त्यो मान्छे कवि हो, भुपेन्द्रमान शेरचन सर्वहारा। वामपन्थी स्वभावले गर्दा उसले आफ्नो उपनाम सर्वहारा राखेको हो।”

पारिजात केही सम्झना

  • by

२०२१ सालको कुनै महिना । कुनै दिन । बागबजारमा तिनताक एउटा होटल थियो । त्यहा“ हिन्दीका केही प्रख्यात कवि आएर बसेका थिए । कुनै निम्तोमा । र्सर्वेश्वर दयाल सक्सेनाको विविध सङ्ग्रह काठ की घन्टिया“ मैले मगाएरै पढेको थिए“ । उनीहरूबाट प्रभावित भएर मैले चिट्ठी पनि लेखेको थिए“ । आशय थियो, ‘पागल कुत्तो का मसिहा’ भन्ने उनको अत्यन्त चर्चित र मलाई मन परेको कथाको नेपालीमा अनुवाद गर्ने अनुमति माग्नु । र्सर्वेश्वरले सहर्षअनुमति दि“दै एउटा लामै पत्र लेखेका थिए । त्यस्ता र्सर्वेश्वर आउ“दा मेरो भेट्ने उत्सुकता तीव्र हुनु स्वाभ

समृद्धि

  • by

ऊसित एक्कासि भेट भएको थियो । एक्कासि नै भन्नुपर्छ । ५० वर्षपछि । यसलाई के भन्नू ?

५० वर्षअघि हामी कतिपटक एउटै थालमा खान्थ्याँै । स्कुलमा एउटै बेन्चमा बस्थ्यौँ । त्यसरी क्लास चलिरहँदा पनि खासखुस गर्न सजिलो हुन्थ्यो । कहिलेकाहीँ हाँसेकोमा मास्टरले कान बेस्सरी घुमाइदिन्थ्यो, घडीमा दम दिएजस्तै । डिजिटल घडीको जमाना आएको थिएन । ऊ मभन्दा पढ्नमा तीक्ष्ण थियो । तैपनि मसित पछिल्लो बेन्चमा बस्थ्यो । म जतिसक्यो पछिल्तिर बस्न रुचाउँथेँ, रहर होइन, बाध्यता भनेजस्तै । पछिल्तिर बस्दा मास्टरको सामना गर्नु नपर्ला भन्ने भ्रमले ।

काल्पनिक

  • by

यो कथामा केही पनि छैन । केवल एउटा पात्र छ । पात्र काल्पनिक हुनाले पात्रले के गर्छ त्यो पनि थाहा नभएकाले केही भएन । थालनी गर्दा कसरी गर्ने ? यतिका वर्ष लेखेपछि म लेखक जसले कयौं प्रमुख आतिथ्य र सभापतित्व भ्याइसकेको छ, त्यसलाई यस्तो समस्या नपर्नुपर्ने ?

नौ वर्षछि श्रद्धाञ्जलि

  • by

जन्मः मे १, १९२३ ब्रुकलिन ।
मृत्युः डिसेम्बर १२, १९९९, इस्ट हेम्पसायर ।
यी दुवै सहर न्युयोर्कका प्रचलित स्थान हुन् । माथि उल्लेख गरएिको न्युयोर्कमै जन्मेर न्युयोर्कमै मृत्यु हुने व्यक्ति बीसौ“ शताब्दीका एक प्रख्यात लेखक हुन् । नाउ“ हो, जोसेफ हेलर ।