Skip to content

‘मेरो मानसपटमा पल्लव सम्मान र धनवाँणी युवा पुरस्कार’

SaraswatiSharmaJigwashu


सम्झनाका शब्द,
साँच्चै नै भन्नुपर्दा पल्लव साहित्यिक पत्रिका र पल्लव साहित्य प्रतिष्ठानसँग जुनसुकै साहित्यिक मनहरू अपरिचित छैनन होला । मलाई लाग्छ आजको साहित्यिक आकाशमा पल्लव को नाम नै चिरपचित अति सुरच्छित भन्ने मान्यतामा समर्पित साहित्य पत्रिका र प्रतिष्ठान सावित भएको छ । त्यसो त म केही बर्षयता पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष गोर्खेसाइँलो उर्फ ऋषिप्रसाद लामिछानेसँग विभिन्न साहित्यिक कार्यक्रमहरूमा एक आपसीय परिचय भएर सामिप्यता भएकी थिएँ ।

एकदिन अर्थात २०६६ असौजको पहिलो हप्तातिर पल्लव साहित्य परिष्ठानका अध्यक्ष गोर्खेसाइँलोले मलाई एक्कासी फोन गर्नु भयो र भन्नु भयो जिज्ञासुजी आगामी असौजको २३ गते बेलुका तपाई मेरो घरमा आई पुग्नु होला । पल्लव साहित्यि सम्मानका साथै धनवाँणी युवा पुरस्काले तपाईलाई पुरस्कृत गर्ने भन्ने हाम्रो निर्णय भइसकेको हुनाले तपाइँलाई यो जानकारी गराएको छु । निमन्त्रणा पनि इमेलबाट पठाएको छु मेल खोलेर हेर्नु होला । यति भनेर उहाँले फोन राख्नु भयो । एकछिन त म आफैँ अकमक्क परेँ । कताकता मनमा खुसी अनि उल्लाहास जस्तो पनि महशुस गरेँ । त्यसपछि त्यो टेलिफोन वार्ता मैले मेरा आफ्नो जीवनसाथी श्रीमान बिमलप्रसाद पौडेललाई खुसीको खवरकोपमा सुनाएँ त्यतिखेर उहाँले मलाई भन्दै हुनुहुन्थ्यो – तिम्रो साहित्यिक यात्राले बिस्तारै सार्थकता पाउन थाले छ सबैले तिम्रो मेहेनत र लगानीको मूल्याङ्कन र कदर गर्न थालेछन् जस्तो लाग्यो र यो समाचार सुनेर मलाई खुसी लाग्यो । मलाई श्रीमानले मेरो साहित्यिक यात्रामा सधै उहाँको आफ्नो परिस्थितिले भ्याएसम्मका हरेक सहयोग त गर्नु नै हुन्थो तरपनि त्यसबेल उहाँले खुसियाली ब्यक्त गर्न भएको थियो । त्यो खुसीयालीले म भित्रको एउटा छुट्टै हौसला बढ्यो र म मा केही साहित्यिक प्रेरणादायिक उमङ्ग पनि थपियो ।

उक्त पल्लव सम्मान र धनवाँणी युवा पुरस्कार ग्रहण गर्नकालागि असौज २३ गते हामी दुवैजना नारायणगढ जाने भन्ने निर्णय गरियो । बिस्तारै समय बितेको थाहा नै भएन । असौज २३ गते आयो हामी दुवैजना घरबाट नारायणगढ तर्फ जाने बसमा चढ्यौँ । बस बिस्तारै आफ्नै गतिमा गुड्न थाल्यो । नयाँ साँघु लुम्ले काँडे बतासे डाँडा पोखरा डमौली डुम्रे मुग्लिङ हुँदै नारायणगढ आई पुग्यौँ र बसबाट ओर्लेर कितावको झोला बोक्दै सरासर पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष गोर्खेसाइँलोको घरमा पुग्यौँ । म स्वयम् अध्यक्ष भएको संस्था माधुरी साहित्य प्रतिष्ठानको मुखपत्रकोरुपमा प्रकाशन हुँदै आएको नव माधुरीको पाँचौँ अङ्काका केही प्रतिहरू बिमोचनका निमित्त बोकेको झोला त्यहीँ राखेर हामी भरतपुरमा रहेको काकाको घरमा गएर बस्यौँ ।

भोलीपल्ट अर्थात २०६६ असौज २४ गते पल्लव साहित्य प्रतिष्ठानले आफ्नो बार्षिक कार्यक्रमको शुभ अवसरमा आयोजित स्रष्टा सम्मान पुरस्कार वितरण एवम साहित्य गोष्ठी कार्यक्रममा भाग लिई सम्मान एवम् पुरस्कृत हुनका लागि चितवनको नारायणगढ स्थित होटल किचेन क्याफेमा पल्लव साहित्य प्रतिष्ठानले भव्य कार्यक्रम गरेको थियो । जाहाँ मसँग- सँगै सम्मानित एवम् गङ्गाराम धर्मशीला स्मृति पुरस्कृत हुनुहुने विवश पोखरेल लगायतका २० जना स्रष्टहरू बिराटनगरबाट त्यस्तै कार्यक्रमका प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्न काठमाण्डौबाट आउनु भएको वरिष्ठ कथाकार एवम् साहित्यकार परशु प्रधान एवम सोही कार्यक्रममा पल्लव साहित्य सम्मान- २०६६ बाट सम्मानित हुनुहुने वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्मालगायतका साथमा अन्य १२ जना स्रष्टाहरू त्यस्तै धनगढी कपिलवस्तु स्याङ्जा पोखरा डमौली झपा लगायतका ७० जना र पल्लव साहित्य सम्मान एवम् भाष्कर लामिछाने लोक सांस्कृति पुरस्कारबाट पुरस्कृत हुनुहुने अग्रज गीतकार प्रेमविनोद नन्दनका साथमा चितवन र छिमेकी जिल्ला नवलपरासीका दर्जनौ स्रष्टाहरूको उपस्थिति रहेको थियॊँ । आफ्नो विविध कठिनाईका वावजुद् समयको अभावले गर्दा पल्लव साहित्य सम्मान- २०६६ द्वारा सम्मानित हुने स्रष्टा नवराज सुब्बा बिराटनगर त्यसैगरी पल्लव साहित्य सम्मानका साथमा छन्दमा कलम चलायने स्रष्टालाई प्रदान गरिने दुल्लभ लामिछाने स्मित पुरस्कार प्राप्त गर्नुहुन माधव वियोगी पोखराबाट भने उपस्थिति हुन सक्नु भएन ।

यस्तो भव्य उपीसथति रहेको उक्त स्रष्टा सम्मान पुरस्कार वितरण एवम् साहित्य गोष्ठी कार्यक्रममा सम्मानित हुने ८ जना मध्ये हामी ६ जाना सम्मानित एवम् पुस्कृत भएका थियौ । सोही आर्यक्रममा पुस्कार स्थपनाकार टीकाप्रसाद लामिछानेको प्रश्नोत्तर र धर्मसंवाद एवम् प्राणायाम रहस्य त्यस्तै गोविन्दराज विनोदीको हिम स्पर्श युसुफदिन मियाँ पाल्पाली द्वारा लिखित पल्पालीको गजलसङ्ग्रह पल्लव साहित्य प्रतिष्ठानको मुखपत्र पल्लव साहित्यिक पत्रिकाको १४ औँ अङ्क र नव माधुरी साहित्यक पत्रिकाको ५ औ अङ्क बिमोचन भएको थियो । उक्त कार्यक्रम पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष गोर्खेसाइँलोले अध्यक्षता गर्नु भएको थियो भने वरिष्ठ कथाकार एवम् साहित्यकार परशु प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम साचालन भएको थियो । बिहान १०.३० मा सुरु भएको उक्त कार्यक्रम बेलुका ५ बजेसम्म पनि हलमा खचाखच मानिसहरूले भरिएर स्रष्टा सम्मान तथा रचना पाठ गर्ने कार्यक्रम चलेको थियो । यति ठूलो भव्य कार्यक्रमको बिचमा पल्लव साहित्य सम्मान- २०६६ र धनुवाणी युवा पुरस्कारद्वारा पुरस्कृत हुन पाउँदा म आफूलाई लागेको हर्ष र बढेको साहित्यिक हौसलाले म बाँचुन्जेल मलाई उत्पे्ररित गरिनै रहने छ ।

माधुरी साहित्य प्रतिष्ठानकी अध्यक्ष हुनुहुन्छ ।
बडागाउँ, कुस्मा, पर्वत ।

1 thought on “‘मेरो मानसपटमा पल्लव सम्मान र धनवाँणी युवा पुरस्कार’”

  1. सरस्वतीजीलाई बधाई! आगामी
    सरस्वतीजीलाई बधाई! आगामी दिनहरूमा कलम झन दीगो भएर चलोस् । गोर्खेज्युलाई पनि धन्यवाद छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *