Skip to content

“भेलेनटाईन”


“भेलेनटाईन” त्यों प्रेम दिवसको दिन !
तिमीलाई के दिऊँ उपहार प्रिया !!!!
जहाँ तिमी छौ अनि म !
तिमीबाट के लिऊँ उपहार प्रिया !!!

मेरो सिंगो जीवन तिमीलाई !
तिमी मात्र स्वीकार गरिदेऊ !!
दु:खलाई पखा लगाईं !
शुखले यो जुनी भरिदेऊ !!

म सुन्यतामा हराएको मान्छे !
मसँग तिमीलाई दिन मेरो जीवन बाहेक केही छैन प्रिय !!
म गन्तब्य भुल्दै हराएको एक्लो मान्छे !
यो मेरो रन्भुल्ल जीवन तिमीलाई उपहार भो प्रिय !!

यो प्रेम दिवसको दिन तिमीलाई के उपहार दिऊँ प्रिय !!??
दुईथुगा गुलाबको फूल सहित मेरो जीवन दिदै छू !
शुख को आसा नगर मसँग प्रिय !!!
मेरो दु:खमा तिम्रो खुसी संगालेर दिदैछु !!

1 thought on ““भेलेनटाईन””

Leave a Reply

Your email address will not be published. Required fields are marked *