Skip to content

SabitaRai

तीन मुक्तक (माायमा दाग हुन्न)

मुक्तक एक
माायमा दाग हुन्न खोट देखिन्न
भाउ मूल्य छैन तराजुमा जोखिन्न ।
अदृश्य दूइ आत्माको मिलन हो
कसैले रोकेर छेकेर पनि छेकिन्न ।।

दोबाटोमा भेटेजस्तो लाग्छ

दोबाटोमा भेटेजस्तो लाग्छ तिमीलाई
चौतारीमा देखे जस्तो लाग्छ तिमीलाई

आखिर तिमी को हौ को हौ कहाँबाट आयौ
कता कता चिनेजस्तो लाग्छ तिमीलाई

मान्छे के मान्छे हुन्थ्यो (मुक्तक)

मान्छे के मान्छे हुन्थ्यो र मुटुमा धडकन नभए
अँझ ऊ महान् हुने थियो भित्र खराब मन नभए
तर सबैलाई आफ्नो महत्व कहाँ थाहा हुन्छ र ?
मान्छे जति सबै देउतै हुने थिए सेन्टर पिउने चलन नभए ।

अामा हुनुकाे अर्थ

नखाई नखाई भए पनि स्नेह गर्नु पर्दो रहेछ
नलाई नलाई भए पनि माया गर्नु पर्दो रहेछ

निद्रा मारी मारी पनि सुताउनु पर्दो रहेछ
आफू भोकै भए पनि चुसाउनु पर्दो रहेछ

दुई मुक्तक (तिम्रो साथ पाएँ आज)

१)
तिम्रो साथ पाएँ आज हाँस्न मन लाग्यो
रोदी घरतिर गई मलाई नाच्न मन लाग्यो
कहिलेकाही‌ जिन्दगीमा खुसी मिल्दो रैछ
हाँसी खुसी तिमीसँगै बाँच्न मन लाग्यो ।

AMMMMMMMMMMMMMMMM

श्रद्धाञ्जली !!!!

हे सङ्गीतसाधक
तिम्रो उचाइ याे देशले चिनेकै हो
तिम्रो पाइला पाइलामा नेपाली सङ्गीत हिनेकै हो
एक दिन सबैले जानु पर्थ्यो यो कुरा हामीलाई थाहै छ
तर बेलै नअाई थाहै नदिई तिमी गयौ
वास्तवमा दैवले हामीबाट तिमीलाई छिनेकै हो ।

बिरुवामै नमारिदिनुहोस्

सक्नुहुन्छ भने खारिदिनुहोस्
नसके नि केही ता राम्रो पारिदिनुहोस्
हामीहरूको मित्रताको पुल हुन सक्छ यो रचना
यसलाई बिरुवामै नमारिदिनुहोस् ।

मुक्तक

एउटा मुक्तक लेखूँ भन्छु अझै राम्रो फुर्या छैन
मायालुलाई भेट्न पनि धेरै भयाे जुर्या छैन।
यसाे गर्छु उसाे गर्छु लेख्ने बानी हराएछ
लेख्न थाल्या सात दिन भयाे अझै त्यसलाई तुर्या छैन ।

गजल

टाढा हुँदा हुँदै पनि उनकै याद अाइरह्यो
उनकाे मुहार मेरो मनले मनैभित्र पाइरह्यो
मानौ मेराे मन एक कुल्कुलाउने खाेलो रैछ
उनी मेरो समुद्र हुन् उनै तिर धाइ रह्यो ।।

काग सधै कराएकाे किन होला रुख चढी
खसाए कि अाँसु थाेपा मेरो चिठी पढी पढी
अाउने बेला हाेला कैले म ता यसै सुकि सके
एकै पल पनि लाग्छ मलाइ अाज लामाे घडी ।।

उनलाइ पनि मेरै जस्तो पिरै पिर पर्दो होला
सम्झनाले मनै भित्र दुखै खुख गर्दो होला
कति होला पर्खिएर बस्नु मैले अाँखा तानी
अाँसु मात्र सुक्या हैनन् सुक्यो मानाै कोसी खोला ।।

मझेरीमा पुनः पोेस्ट गरिएको ।

मन भरी छ तिम्रो याद

मन भरी छ तिम्रो याद मेटौ‌ कसरी
काँडे तारकाे बार छ भेटौ‌ कसरी
तिम्रै यादले पोलिरहन्छ यो मेरो मुटु
झन् झन् बढछ तिम्रो याद घटाऊँ कसरी
तड्पिएर अाज मेराे मन जल्दैछ
दन दन दन्किएको आगो जसरी ।।

मुक्तक

कसैको लागि जिन्दगी महा भुल हाे
कसैको लागि जिन्दगी मुटु घाेच्ने शूल हो
कसै कसैलाइँ जिन्दगी मग्मगाउँदो फूल हो
तर मेरो लागि ता जिन्दगी
दुई मुटु जाेड्ने एक पुल हो ।

मायाको चिनो

तिम्रो र मेरो भेट भयो कान्छा भद्रपुर बजारमा
तिमी त सारै मायालु रैछौ एक मात्र हजारमा
कान्छा एक मात्र हजारमा……………

तिमी र हामी सँगसँगै घुम्यौ नक्सालको बजार
झझल्को मलाई आइरहन्छ त्यो तिम्रो मुहार
कान्छा त्यो तिम्रो मुहार……………

उतातिर मेची खोला

उतातिर मेची खोला यता माई खोला
बीचमा पर्ने कन्याम बगान सधैंं आउनु होला
चिया बारी धुप्पी घारी मस्तसँग घुम्दै
अघाउन्जेल घुमी फेरि घर जानु होला ।।

बेथाका माथि झन् सारो बेथा

बेथाका माथि झन् सारो बेथा मलाई बोकाएर
किन हो जानु यो बेला मेरो मन भित्र आएर ।

बिथोल्न खोज्ने मान्छेलाई सोच्दा मन हुन्छ जलन
लाएको माया छोडेर जाने कस्तो हो चनल ।।

मायाले दिएको फुलबुट्टे रुमाल

मायाले दिएको फुलबुट्टे रुमाल समाली राखौला
तिम्रो र मेरो मायाको चिनो जुनीभर साँचौला ।।

मायाको गाउँ हेरौला भन्थे डाँडाले छेकियो
संयोगले होला रानी वन जाँदा एक झल्को देखियो ।।

सानाे गजल

टाढा हुँदा हुँदै पनि उनकै याद अाइरह्यो
उनकाे मुहार मेरो मनले मनैभित्र पाइरह्यो
मानौ मेराे मन एक कुल्कुलाउने खाेलो रैछ
उनी मेरो समुद्र हुन् उनै तिर धाइ रह्यो ।।

काग सधै कराएकाे किन होला रुख चढी
खसाए कि अाँसु थाेपा मेरो चिठी पढी पढी
अाउने बेला हाेला कैले म ता यसै सुकि सके
एकै पल पनि लाग्छ मलाइ अाज लामाे घडी ।।

उनलाइ पनि मेरै जस्तो पिरै पिर पर्दो होला
सम्झनाले मनै भित्र दुखै खुख गर्दो होला
कति होला पर्खिएर बस्नु मैले अाँखा तानी
अाँसु मात्र सुक्या हैनन् सुक्यो मानाै कोसी खोला ।।