ए चिरिएका रातहरू,
म निर्लज्ज भएर,
रोएको तैँले देखिनस् ?
बारम्बार मेरो मलामी,
किन आऊछस् ?
आँसुले भिजेको ,
रुमाल निचोर्दा ,
जत्ति मुज्जा पर्छ नि!
म त्यसै गरी खुम्चिएको छु ,
मक्किइसकेको लुगा झै,
फुस्किएको सिलाई झै,
म कत्ति पटक उधिरिनु,
तँ आँफै भन् ।
उस्तै लाग्छ हाम्रो कथा
आँफै लाई कम्जोर ठानेउ की क्याहो !
जिबन देखी हरेश मानेउ की क्याहो !!
आँफै छान्नू पर्छ जिबनमा रंङ हरु !
कालो रातको अन्धकार छानेउ की क्याहो !!
चोट त कती छन जिबन मा सानु !
आँफैलाई तिखो छुरा हानेउ की क्याहो !!
बुजेरै नसकिने बिशाल सगर हो जिबन !
जिबन को ऋत सबै जानेउ की क्याहो !!
धरै राम्रो लाग्यो
धरै राम्रो लाग्यो