पर्दा खोली झ्यालबाट, चिहाउँदैछिन उनी


पर्दा खोली झ्यालबाट, चिहाउँदैछिन उनी
मलाई हेरी-हेरी मुस्कुराउँदैछिन उनी

शीत जस्ती मैले हेर्दा, होईन भनुँ कसरी
बिहानीमा घाम देख्दा, लजाउँदैछिन उनी

अस्ति भन्दा अचेल, बेग्लै स्वरुप भएकी छे
ऐना हेर्दै गजल, गुन्गुनाउँदैछिन उनी

चाँहदिन भनुँ भने, आजै भेट हुँदा खेरी
मेरो आँखामाथि आँखा, जुधाउँदैछिन उनी

मेरै भ्रम भन्ने मित्रहरू यता हेर्नुस त
गुलाबी फूल हातमा, थमाउँदैछिन उनी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “पर्दा खोली झ्यालबाट, चिहाउँदैछिन उनी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *