सगरमाथालाई अघि राखी बोल्दछ मेरो नेपाल
अनेक भाषा-भाषी, जन-जातिको मनमा खेल्दछ मेरो नेपाल!
उत्तम रहित छ यहाँको रीत, चलन अनि बोली
सुन्दा लाग्छ कानमा जस्तै मिस्री छ घोली !
सबैभन्दा प्यारो छ मेरो नेपाल !

पूर्व मेचीदेखि पश्चिम महाकाली,
दक्षिण सुनौलीदेखि उत्तर छ धौलागिरी मेरो नेपाल
माथि छ चीन, तल छ भारत,
दुवैको बीचमा बसी निर्धक्क मुस्कुराउछ मेरो नेपाल,
सारा धरातलमै सुरवीर बहादुरको प्रतिक दर्साउछ मेरो नेपाल,
इतिहासिक कला र संस्कृतिको गाथा गाउछ मेरो नेपाल,
सबै भन्दा प्यारो छ मेरो नेपाल !

छन् कति हास्ने सेता पहाडहरू
छन् उतिकै सर्माएर घुम्टोमा लुकेका तराई मैदानहरू,
रम्छन कति मन खोली-खोली जीवजन्तु, चरा चुरूंगी
फैलिएका छन् यहाँ बन जंगल कति कति
सबै भन्दा प्यारो छ मेरो नेपाल!

जय भोले नाथको कुण्ड सहित पवित्र छ मेरो नेपाल
सेती र फेवा अनि बुल-बुल बोकेको छ मेरो नेपाल
तराई पहाड हिमाल ले सुशोभित छ मेरो नेपाल
लहरा परी बग्ने नदीको बेग बोकेको छ मेरो नेपाल
सबै भन्दा प्यारो छ मेरो नेपाल!

वैदेही – र -बुद्धलाई जन्म दिएको छ मेरो नेपाल
नरसिंहको अवतरण मुक्तिनाथको द्वार सुम्पित छ मेरो नेपाल
देवीका नौ अंग विलीन धर्ति पनि समेटेको छ मेरो नेपाल
सबै भन्दा प्यारो छ मेरो नेपाल!

पृथ्वीनारायण र भानुभक्त जस्ता विभूतिहरूको फक्र गर्दछ मेरो नेपाल
बिहानीको सुनौलो किरणसँग गुलाब बनी हाँस्दछ मेरो नेपाल
प्रत्येक जन-कणमा खुशीको भावना बाँड्छ मेरो नेपाल
जताततै हरियाली भरिएको छ मेरो नेपाल
सबै भन्दा प्यारो छ मेरो नेपाल !!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “मेरो नेपाल”

Leave a Reply

Your email address will not be published. Required fields are marked *