मलाई माफ गरिदेऊ साथी
आइयम सो सरी मेरी प्राण प्यारी
प्रेयसी
अब तिमीलाई मैले
मेरो जीवनसारथी बनाउन सक्दिन
हेर तिम्रो र मेरो क्यामेष्ट्री नमिलेर हो
या अरुनै केही भएर हो ?
मैले बुझ्नै सकिन साथी
किन सकिन मैले तिम्रो शीर्ष शीरमा मेरो नाम थर दिन ?
खप्परमा तक्दिर नै यस्तै रहेछ साथी
मैले तिमीलाई मेरी श्रीमती बनाउन सकिन ।
हामो निकटता
हाम्रो प्रेम केवल
रातको प्रहरमा ज्वलित कुनै दिव्य प्रदिप झै
म सलेदो थिए
जो जलिरह्यो
तिमी ढलिरह्यौ
प्रेमको दियो चलिरह्यो
म जल्दा, तिमी सकिदै थपिदै जाने
तिमी सकिदै जादा, म निब्दै जाने
तिमी थपिदै जादा, मात्र म बलिरहने
म रुदा, तिमी सकिदै जाने
तिमी रुदा, म जल्दै जाने
हाम्रो आँसु कहिल्यै पनि एक भएन
मिल्यौ त हामी मरिसकेपछि त्यो पनि कुप्पीको सबैभन्दा तल
बाचुञ्जेल जीवनमा तिम्रो मन मेरो मनको मिलन कहिल्यै पनि भएन
फगट सपनामा भेट्यौ हामीले एक आफूहरुलाई
मेरो जलनमा कहिल्यै पनि नसकिने
तिमी तेल थियौ
तिमी केवल मेरो मृत्युको एक निर्जीव आसु थियौ
म चितामा बसेको कुनै लास
पीडा, वेदना, रोदन, चित्कार र चोट त केबल म अनुभव गर्थे
फगट तिमी इन्धनमाथि निदाएको सुतेको कुनै प्राण-शून्य अचेत शरीर थियौ
तिमीले मेरो जति जलन कहिले पनि थहा पाएनौ
तिमी सल्किएर कहिले पनि सकिएनौ
जब म दुख्थे, तिमी झन बल्थियौ
जब तिमी बल्थियौ, म झन दुख्थे
भौतिक धुवा अरुलाई रुवाइरह्यौ
भौतिक जलनले समाधिमा मलामीहरुलाई रुवाइरहयौ
भित्र दुख्ने म थिए
बालुवाको किनार माथि चिता जलिरह्यो
कोही आकाशमा उँडेको बाफ धुवा देखेरै पनि रोए
त कोही हाम्रो जलनमा ताप तापेर
नाच नाचेर
मन रञ्जन गरिनै रह्ये
हामी केवल गीतहरू थियौ
तिमी शब्द सङ्गित थियौ
भित्र भाव म थिए
देख्ने पढ्ने र सुन्नेहरू स्वय म गायककार थिए
लास बलिरह्यो
म आत्मा थिए
तिमी मृत शरीर थियौ !
हाम्रो सामीप्यता
या,
हाम्रो बैपरित्य हो
यो भन कि अन्धकार समयको कुनै आवश्यकता ?
हाम्रो एउटा लामो पवित्र प्रेम समबन्ध
साथी म यही छाडेर जादैछु
जादैछु हेर मलाई माफ गरिदेऊ
मैले तिमीलाई धेरै नै तड्पाएर दुखित बनाए
तिमीले पनि त मलाई धेरै नै पीडित बनाएकी थियौ नि हैन र ?
दुखित !
पीडित !
हामी लजावटि झारहरू झै
लगातार एकाअर्काको स्पर्श सहन गर्न नसकेर
लगातार देखावटी नमस्कार गरिरहने
कुनै लज्जित सबन्ध हाम्रो ! !
हामी केवल मित लगाएर
एक अर्काको आँखाहरुमा हेर्दै रोइरहने बिचरा चराहरू जत्तीकै
हामी केवल बिलौना बिरह गरेर गीत गाइरहने न्याउली जस्तै थियौ
जिन्दगीभर उत्तरहरुको भोकमा भौतारिरहने अपरिचित कोएली जत्तीकै
अथबा,
बारम्बार दिनरात फगट एउटै तरङ्गित आफ्नै एकोहोरो जवाफमा मात्रै
कोरा समाचारहरू
दिइरहने कुनै काल्पनिक कागहरू झै थियौ
हामी संसारमा सत्यतथ्यहरू हराएका
केबल कुनै कपोकल्पित कागहरू हौ ।
हामी स्पर्श गर्न नसकिने दुई आदर्शहरू
एक विश्व बिख्यात बिद्दान व्यक्तिका दुई उद्गारहरू हौ
उद्गार !
एक उद्द्गार जो फगट कागजमा लेखिएको छ
अर्को उद्गार जो भवनको माथिल्लो फ्लायाटको उचाइमा खेपेर टागिएको छ
कागज !
जो गरिब छ
विद्यालय जान्छु भन्छ
उसलाई लेख्न पड्नलाई कापी किताबहरू बेच्नुपर्छ
उचाइ !
जो आकाशको करिब छ
पर पृथ्वीको निच असम्भावित हैसियतहरुभन्दा उपर..
विचारक सधैं जो बीच क्षितिजमा पर्छ
विचारहरू भने
सधैसधैं सरिताका दुई धार
वारि अनि पारी बहन्छ
अपरिचित बगिरहन्छ
विचार जो दुई देशको दोभानमा गाडीएको पिल्लर झै
न यता न उता पर्छ
आदर्श दुई
उद्द्गार
जो बजारमा बेआधार मर्छ
सधैं सधैं हामीहरू नदीका दुई किनारहरू भएर हिडिरह्यौ
हामी एकै ठाउमा आँखा र नानीहरू जस्तै भएर बसिरह्यौ ।
खैर…
तिम्रा पानीहरू !
मेरा पनि पानीहरू !
तिम्रा आँसुहरू !
मेरा पनि आँसुहरू !
तिम्रा भावनाहरू
मेरा पनि भावनाहरू !
तिम्रा सबै कथा कहानिहरू !
मानौ कि,
ठयाक्कै मेरै जस्ता कथा कहानिहरू
तर आज यस्तो भयो कि साथी
जस्तो कि हरेकदिन
हाम्रो घरको ऐनामा ऐउटा प्यारो परेवा आएर
लगातार सधैं सधैं टोलाएर एकनास हेरिरहन्छ
हेरिरहन्छ ऊ अनि उपहारमा केही छाडेर
अग्यात अनि भुर्रर ऊ आकाश उढेर जान्छ ! ! !
अनि एकैछिनमा ऊ जस्तै आएर
उसै गरी अर्को परेवा पनि
त्यसरी नै अनि ऐना हेरिरहन्छ
मायाले स्पर्श गर्छ, छुन्छ
ठुङ्गछ
अनि उसको लागि त्यही ठाउहरुमा
केही प्रेमिल प्वाखहरू छाडेर
ऊ आउनुभन्दा अघाबै अनि त्यही आकाश उडेर जान्छ
सधैं सधैं मेरो घरको ऐनाको किनारमा भने
प्रेम हैन परेवाहरुको प्वाखमात्र थुपृरहन्छ
फगत एकजोडी पागल परेवाहरुको
पहिरन निखृरहन्छ
अससोच उनीहरू भने दौडिएर बारम्बार ऐनामा आइरहन्छन
अनि गरिरहन्छन माया
फगट एउटी बिधुवा आइमाईले
आफ्नो मरेको धर्मपतिको तस्बिरलाई चुम्बन र प्रेम गरेको झै
या यस्तै यस्तै
मानौ कि मृगतृष्णाको कुनै भ्रम जस्तै
जो तिर्खाइरहन्छन..
उनीहरू आइरहन्छन
यस्तो लाग्छ
सायद उनीहरू पागल छन्
मानौ जालमा फसेको माकुरा झै
जो विशाल ब्रह्माण्डकै सिकारी झै
अनि जो हरेक पल पूर्वाग्रहहरुको पुजारी जस्तै
अनि आफू-आफूहरुलाई स्वयम सफल प्रेमी सम्झिएर जान्छन
जो आफैमा अपरिचित छन्
जो आफैमा अपरिभाषित छन्
जो आफैमा अधुरा छन्
अनि
जो आफैमा असन्तृप्त छन ।
म पनि यस्तै केही प्यासिरहेछु
म पनि यस्तै केही अभिलाषि
अनि यस्तै केही स्वप्न भासिरहेछु
म पनि स्वार्थिरहेछु
मलाई माफ गरिदेऊ मेरी पृयासि
म स्वार्थी भएछु
मैले तिमीलाई
मेरो सुखमा बिर्सिएर
मेरो दुखमा मात्र सम्झिएछु
म अहिले अलि कठोर भएको छु
म अहिले अलि घनघोर भएको छु
होला हिजो कमजोर थिए म
अफ्सोच अहिले त्यो चट्टान जस्तै बलवान्
मानौ कि म स्वयम भगवान भएछु
भगवान
जस्ले कमसल फुलहरुको अस्तित्व अस्वीकार गर्छ
पत्थर
जुन
ईश्वर इङ्कार गर्छ
ढुङ्गा
जो देवता मान्दैन
ढुङ्गा तब देवता बन्छ
देवता जब ढुङ्गा भन्छ
तिमीलाई मेरो घर परिवारले
तिरस्कार गर्छ
तिमीलाई त मेरो परिवारले घर आगनमै इङ्कार गर्छ
किन हो किन तिमीलाई उनीहरुले मन पराउदै पराउदैन
मेरो जीवन सारथी तिमी र
ममा त यति धेरै बिसाल पर्खाल
छ कि
अब तिमी नै भनी देऊ ए गगनकी जुन जस्तै
मेरी पृयसी
सूर्यको किरणमा तिमीलाई कसरी स्वीकार गरौ ?
तिमीलाई म मेरो मनमा कसरी सजाउ ?
मलाई माफ गरिदेऊ
आइयम सो सरी माइ स्विट हार्ट
म अब कहिले पनि तिम्रो जिन्दगीमा फर्किएर आउने छैन
हेर तिमी पनि फर्किएर कहिले पनि मेरो अघि अगी न आऊ
मेरो इमोशनल पगल हृदयहरुमा केवल
ब्लायक मेल नगर
ब्लाइण्ड लभ
जब शब-बजार तिम्रो जभलाइ बेरोजगारको जागिर भन्छ
मेरो मोडमा कुनै दिन अन्धकार भएछ भने
म तिमीलाई सम्झिनेछु
अघि नै भनेनी
म तिम्रो लागि त नालायक अनि स्वार्थी छु
स्वार्थी ! !
जस्ले त केवल आफ्ना अनेक दुखहरुमा मात्रै अरुहरुलाई सम्झन्छ
हैन ?
अहिले कठोरता मेरो बाध्यता भएको छ
अहिले निर्दयिता मेरो साथी भएको छ
अहिले रवि मेरो साथी भएको छ
अहिले तिम्रो त्यो दागि अनुहारलाई हेरेर मात्रै पनि
केवल म अब बाँच्न नसक्ने भएछु
न अघाउने भएको छु म
तिम्रो पध्य पहिरन होस
वा गध्य गरगहना
तिम्रा मुखार बिन्दका हजार शृङ्गार
सोर्ह सौन्दर्य ष्रुतिमाधुर्यता होस
या
मधुमासको आस्वादन
हिजोआज त स्वागरात पनि खल्लोखल्लो तितो लाग्दछ
बेकार लाग्छ
म तिम्रै मात्र नशाको नेट-जालमा लट्टिएर मतुवा झै मस्त मातिएको छु
म तिम्रै मात्र प्याकेटहरुमा पट्टिएर रुमाल झै भित्रभित्रै भसिएको छु
म मधुसालाको प्यालाहरुमा म मदहोस भएछु
थुनिदियौ यार प्यारको कारागारमा म कहाँ र निर्दोष रहेछु ?
म एक अवसाद हु
तिमी जस्को नजिकै बसेर फैलिएकी हासोहरू अट्टाहास हौ:
लैजाऊ तिम्रा ती यादहरुका स्वादहरू जाऊ
म फ्याकिदिन्छु तिनीहरुलाई त कुनै नदिकिनारमा बग्ने
धुमिल जलहरुमा
केवल रक्सीको खाली सिसि र बोतलका फोहोरहरू जत्तिकै जो
यो के भएको हो मलाई
हिजो आज त आफ्नै स्वास्नीको बोली बचन शब्द
सहवास पनि मिठास लाग्दैन
मलाई यो के भएको हो हिजो आज त
आफ्नै स्वास्नीको पनि विश्वास लाग्दैन
यो समय पनि के कस्तो आएको हो ?
हिजोआज जहाँ उसलाई मेरो उपस्थिति पनि खास लाग्दैन !
म अभागी,
बेरोजगारलाई हरेक पल हेरेर मात्र पनि
तिमी बाँच्न नसक्नै रहेछौ सुन्दरि
आयम सो सरी
हुनसक्छ सायद
रहरहरू थिएन होला मलाई पनि
तर बीच सडकमै अल्झिरए
रुमल्लिरहे मेरा सफरहरू
बगिरहने नदिको बालुवाको बगर एक छेवैमा
रोकिरहे म
ठोकिरहे म
तिम्रो आजादी !
मेरो पनि आजादिहरू !
तिम्रो स्वाधिनता !
मेरो पनि स्वाधिनता !
तिम्रो सरिता !
मेरो पनि सरिता !
जाउ, कहिले पनि फर्किएर नआऊ !
म गए !
मलाई माफ गरिदेऊ मेरी साथी
मेरो साहित्यिक सहयात्री
अलबिदा
यार
आइ गिभ अफ ऊ फरिभर
कहिले पनि अब मलाई माया नगर
तिम्रो प्यार !
तिम्रो लभ !
सब !
इन अफ !
एण्ड टु मच !
डण्ट टक टफ मि !
एण्ड डण्ट से एनि वर्ड…..
मेरी कविता ।