मेरो माया मुटु रोप्ने छुरा लाग्यो तिमीलाई
आई लब यू, के भनेथे बुरा लाग्यो तिमीलाई
नौटन्किको प्रेमजालमा फसेकी रैछौ र त
सिसा जस्तै फुटीजाने चूरा लाग्यो तिमीलाई
तिम्रै भलो चिताएर सम्झाकोथे तर
झन मुटुमा बिझाउने कुरा लाग्यो तिमीलाई
फेस्बुकमा नाटकी माया दर्शाउने गर्थ्यौ हिजो खुब
सामुन्नेमा देखेपछि भुरा लाग्यो तिमीलाई
चार बर्ण छत्ततीस जातको फुलबारी भित्र
चार्दै र्हिड्ने प्रेमरोग पुरा लाग्यो तिमीलाई
डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:मरुभूमिको छाती दुबई’