अधुरो प्रेम दिबस

Dear खुशी,
म तिमीलाई के भनेर बोलाम? मसग कुनै शब्द छैन, छोरा मानिस सबै खराब हुन्छन भन्ने पनि हुदैन म तिम्रो नजरमा एकै पल्ट गिरे यति तल गिरे की यसको हिसाब नै छैन , “खुशी” दुनियामा धेरै किसिमका मानिस बेग्ला-बेग्लै सोचाईले नै मानिसलाई सहि बाटोमा हिड्न दिदैन| यहाँ हरेक कुरा आउछ जाति, धर्म, पेसा, पढाई धन –सम्पति सब कुरा हेरिन्छ , बेगुनालाई गुना कबोल गरिन्छ , तर हर मानिसको धड्कन मुटु एउटै हुन्छ | “खुशी “ मैले तिमीबाट अति माया पाय म त्यो खुशीको पलको कुनै ब्याख्या गर्नै सक्दिन, मैले दुनिया नै भुलेको थिय तिम्रो माया को अगाढी मैले सबै चिज तिमिनै हौ जस्तो लाग्थ्यो, हाम्रा ति सुमधुर यात्रा आहा म के ब्याख्या गरु ?? मेरो मुटु तिम्रो मुटुमै जोडियको थियो, खुशी मैले तिमीलाई धेरै नजिक बाट हेरिरहेको हुन्थे , मैले पागल निर्णय लिय बिहेको तिमि त सब जान्द छौ नि होइन ? त्यो बेला म बिहोसी थिय, म उसलाई बिहे पनि गर्थे होला तर मलाई थाहा थियो म कहिले खुशी हुने थिइन् | जे भय पनि मैले सम्बन्ध लाई तोडी दिय तेस्पछी म तिमीलाई भेट्न काठमाडौँ जाने तयारिमा लागे जसो तसो काठमाडौँ सम्म तिमीलाई भेट्न पुगे मेरो खुसि को सिमा थियन त्यो पल| मैले भगवान संग प्राथना गर्दै यो मेरो खुसि लाई सदै जीवित राख्न बिन्ति बिसाय , मलाई राम्रो संग याद छ मैले धेरै संग्र्ष पश्च्यात काठमाडौँ पुगेको थिय |मैले होटलको बाथरूम बाट हेरे तिमि र उषा तल रोडको छेउमा उभियको देखे म हतार-हतार तिमीहरु तिर लम्के मलाई तिमीलाई नै हेरिरहु भैरहेको थियो, मलाई लाग्थ्यो म कुनै अर्कै संसार मा छु आफुलाई कति भाग्यमानी ठान्थे, किनकि तिमीले जुन साथ मलाई दिएकी थियौ , संसार जल्दथियो, हाम्रो माया देखेर |…
मैले अरुकेही देख्दिन थिय केवल तिम्रो अनुहार बाहेक, म तिम्रो अगालोमा हराउन चाहन्थे मलाई कसैको केहि वास्ता थियन , मेरो मन मुटु सब तिमी नै थियो , मेरो life को पहिले ठुलो खुशीको पल नै तेही थियो,मलाई तिमि बाट छुट्न अति गारो हुन्थ्यो तर पनि फोनको साहाराम मेरो मन अडीन्थ्यो, हामी राती अनेक कुरा गर्थिम , हजारौ सपना बुन्दथिम यति गहिराई सम्म कि … सायद म पागल प्रेमी नै थिय खुसि, समय सगै हाम्रो पनि एक साथ काठमाडौँको यात्रा धनकुटा तिर मोडियो हामी साथै यात्रामा लुकामारी खेल्दै अंगालोमा सुत्दै- सुताउदै इटहरी सम्म …………….. तिमीले खान पनि खान सकिनौ म तिमि तिर हेरी रहेको थिय ,खुशी सायद मेरो ठुलो भुल थियो त्यो पल मलाई त अन्धो बनाई दियको थियो माया ले म केहि सोच्दिन थिय तिमि बाहेक तेही कारण होला बिराटनगर जाने मान्छे धनकुटा जान राझी थिय , मलाई रामरी याद छ खुसि तिमीले धरान मा बुवालाई अनार किनिदेको यी त सब यात्राका कुरा हरु ………………….
तिमीले मेरो लागि तिम्रा धेरै अमूल्य समय खेर फलेको छौ , मेरो लागि तिमीले अतिनै गरेकी छौ मलाई थाहा छ तिमीले आफ्नो परिवार संग पनि झुट बोलेर मेरो साथ देकिछौ, तिमीले मेरो निम्ति ठुलो योगदान देकिछौ , म तिम्रो भित्रि आत्मा सम्म पनि छाल मारेको छु मेरो अनुभब छ, ‘’खुशी” समय सधै एकै नास नहुने, मेरो पनि तिमीलाई छोडेर सात समुन्द्र पारी जाने बेला भैसकेको थियो , त्यो पल हामी सगै यात्रा मा थिइम, गाढीमा musicको ताल बेग्लै तियो मलाई समाल्न गारो थियो तिमीबाट टाढा जादै थिय, तेही बेला बाहिरबाट आको उज्यालोले तिम्रो चम्किलो अनुहार झल्किन पुग्यो मैले तिम्रो आँखा भरि आशु देखि रहेको थिय , मलाई अति गारो हुदै थियो तर पनि मैले थाहा नपाको जस्तो गरेर बसिरहे, मेरा पनि आँखा रसाय तर आफुले आफुलाई समाले, म सोच्थे तिमीलाई खुसि दिन तिम्रो साथ बाट केहि साल को लागि टाढा हुनै पर्छ म ठुलो चक्रबिहूमा घुमी रहेको थिय, नभन्दै हाम्रो यात्रा को अन्तिम घडी आइसकेको थियो , तेही क्रममा हामी गौशाला होटलमा ठोकिन पुगिम म डाको छोडेर रुन सक्दिन थिय , मैले आफुलाई समालेको थिय बाहिर हासे पनि भित्रि मन तिमीले पनि बुझेकी नै थियौ , खुसि तिमि म बाट छुटेर आफ्नो रूम तिर लम्केउ तेस्पछी म एक्लो भय मैले आफुलाई कोठामा राम्रो महसुस गर्न सकिन म एक्लै रोडमा हिडे धेरै पर पुगेर हेर्दै थिय हर गाढी निहाल्दै तिम्रो त mobile पनि off थियो ब्याट्री नै सकियको ले होला , तिमि कोठा पुगेको नपुगेको बुज्न म उषालाई फोन गरेर सोद्थे , उषाले नि मलाई भेट्न आउने कुरा गरि मेरो अनुहारमा खुसि थपियो म रोडमा स्याउ किनेर हतार-हतार फर्किय कोठामा आयर समान सब मिलायर एरपोर्ट हिढ़े मलाई म नेपाल छोड्दै छु लाग्दैन थियो एरपोर्ट पुगेर फोन गरिरहे तिमीहरु औउने बाटो कुरेर बसी रहे धेरै नै ढिलो हुन लगिसकेको थियो र पनि म बाहिर कुरी रहेको थिय, मेरो तिमिसँगको त्यो अन्तिम भेट रहिछ तिमीलाई मैले एरपोर्टमा देख्न साथ नजिक गय तिम्रो अनुहार अति मलिन देखिन्थ्यो तिमीले मलाई अनुहार तिर राम्रो संग हेर्न पनि दिएकी थिनौ, म पनि अति दुखि थिय |मलाई तब सम्म पनि थियन कि म सातसमुन्द्रपारि तिमीलाई छोडेर जाँदै छु भन्ने , मलाई राम्रो संग थाहा छ तिम्रो आखा बाट रोधनक आँसु बगिरहेका थिय , छुटिनु पर्दा कसलाई माया नहुदो हो र तर आफुलाई समाल्नु को विकल्प थियन | तिमि म बाट जब बिदाई भयर अलि पर पुगेकी थिएउ, मेरो ब्यागमा फेरी एक झलक हेर्ने मौका दिने पर्फिउयम बचेको रहिछ म कुदै तिमि नजिक गय, तेही सेन्ट दिने बहानामा तिमीलाई अन्तिम पल्ट हेरे, अनि फेरी हेरे तेही मेरो अन्तिम चान्स पनि सकियो, तेस्पछी म एरपोर्ट भित्र छिरे अनि त म पूर्ण एक्लो भय मैले केहि थाह छैन तिमि मलाई call गर्दै थिएउ , म एकोहोरियको थिय नभन्दै बोर्डिंग पास मिल्यो पिलेन भित्र छिरे मेरो mobile मा पैसा पनि सकियको थियो call गर्न पनि सकिन ,मेरो साउदीको सिम बाट त अरु बेला फोन जान्थ्यो त्यो time त्यो पनि गयन, नभन्दै पिलेन ले आफ्नो यात्रा सुरु गर्यो बिस्तारै पिलेन हुतियो मेरा आँखा रसाय मनलाई थामे, 3 घण्टा पछी मुम्बई मा पुगियो मैले यता उता फोन गर्ने ठाम खोजे पाइन् केहि मेनेट पछी फेरी यात्रा सुरु हुने थियो फेरी पिलेन चढियो अनि अरु ४ घण्टा पछी साउदीको आकासमा आइपुगियो पिलेन land नभई मैले फोन गरे तिमि मेरो फोनको पर्खाइमा रहिछौ , फेरी मेरो मुहारमा एकपलको खुसि छायो जब फोनमा तिमि बोलेकी थिउ , त्यो पल यस्तो लाग्थ्यो “हाम्रो जस्तो माया अरुले नि गरे कस्तो सुखी संसार हुन्थ्यो होला ?”
हामी facebook, nimbuzzको सहारा हाम्रो मायालाई अजै बजबूत बनाउदै जादै थीइम, समय कहाँ एकनास हुन्छ र ……. म यहाँ आको केहि दीन सम्म कायम त्यो मायाले लामो समय थेग्न सकेन | सब केहि दीनमा सब परिबर्तन भयो मलाई अति गारो हुन थाल्यो म एकै पल्ट यति ठुलो त्याग दिन सक्ने अवस्थामा छुइन मैले सिगरेट पउने बानी बसाय मलाई आफ्नो जिन्दगि अति भारि लाग्न थाल्यो यहि जिन्दलाई मैले सायद त्याग गर्छु आफैले …………..
तर खुशी ‘ तिमि अति प्यारी छौ मनकी धनि छौ, मलाई मेरै कमजोरीले लादै छ , तिमीले भन्थेउ “पाउनु मात्र माया होइन गुमाउनु पनि माया नै हो” तिमि सहि भन्थेउ मैले आज सब थोक गुमाय ,अस्तिको दीन हजुरबा गुमाय जसलाई मेरो बिहे हेर्ने ठुलो धोको थियो त्यो पनि पुरा गरिदिन मेरो फुल्दै गरेको खुसिलाई मबाट अलग गरिदियो यो सब सहने मसग हिम्मत नै छैन >> खुसि माया धन , सम्पति , जात ,बर्न ,पढाई सब हेरेर गरिदो रहिछ मेरो मा न जात को उदय न पढाई केहि भयन केवल माया-माया भन्दै चिच्याउनु ब्यर्थ थियो , तर पनि यो मुटु कहाँ मान्थ्यो जसलाई यति माया गर्छु , मलाई थाहा छ तिमि पनि मलाई अति माया अझै गर्छौ , बाबा यो जुनि त मेरो यस्तै भयो यधि पुनरजन्म छ र यो सत्य हो म तिम्रो हुन पाम मैले तिमीलाई धेरै नै माया गरेको छु अतिनै माया गरेको छु, तिमि मलाई जस्तो सम्झ तर पनि म सधै तिमीलाई खुशी भाको हेर्न चाहन्थे | नानु तिमि मेरो अन्तिम इच्छा लाई नलातारिदिनु म यो जिन्दगीलाई कति सम्म चलाउन सक्छु त्यो त मलाई थाहा छैन, तर मेरो अन्तिम सन्देस तिमीलाई “बाबा यधि म अर्को जन्म लिय केवल तिम्रो हुन् सकु तिम्रो पवित्र माया पाउन सकु त्यो जनममा जात भात को केहि चिज को रोकावट नरहोस् मेरो चोखो मायाले तिमीलाई बाँध्न सकु’’ सानु तिमि बुढा बाबा ममी र दाजु भाउजुलाई कहिले दुख हुने काम नगर्नु उषालाई कहिले आफूबाट टाढा नसम्जिनु खुशी म जहाँ जे भय पनि तिमीलाई कहिले नराम्रो सोच्ने छैन , खुशी अन्तिम सन्देस तिमीलाई मेरो कम्प्युटर मा सुरछित राखेको छु ,म बिरामी पनि छु सन्चो छैन नहोस पनि मलाई अब अरु बाच्न मन पनि छैन , मैले कम्प्युटर मा हाम्रा पशुपति सब ठामका फोटा हरु सुरछित नै छन् मैले पस्सोर्ड तिमीले जान्ने लागको छु तिमीले खोल्न सक्ने छौ खुशी दुख त लाग्छ तर पनि के गर्नु सबै कुरा सोचे जस्तो हुदैन.. बुवा ममीलाई पनि (मेरो बिहेको तयार केटि) कुशुम नराम्रो भनेरे मैले तिमिसंग तौले रे उहाहरु लाई कति नराम्रो भने || यस्तै हो गल्ति गरे पछी मैले ||| छोडौ यी सब फाल्तु कुरा मैले तिमीलाई केहि दिन त सकेको छैन अहि मेरो एउटा भाइलाई केहि दियको छु त्यो लिनु तेस्लाई ग्रहण गर अनि हाम्रो सपनाका यौनिक र यौनिका को सपना अब तिमीमा छोड्दै छु त्यो पुरा गर्नु मेरो अब बाकी भन्नु केहि पनि छैन सब त्यो कम्प्युटर को my dear folder मा छ दुखि नहुनु कहिले नरुनु ल , बाबा यस्तै हो कहिले कहिँ ……………………. मलाई माफ गरिदेउ म बाट धेरै गल्ति भाका छन् मलाई अन्तिम पल्ट माफ गरिदिनु ल ………………………. उही अभागी राज
अन्तिम उस्को सन्देस यहि थियो, खुसि को हो? कहाँ छे ? मलाई केहि थाहा छैन कम्प्युटरमा भयको password पनि मलाई थाहा छैन उसले यो संसार छोडेर गयको पनि साल पुरा भयछ , उसले आजकै दीन यो सन्देस मार्फत यो संसार बाट पुर्णबिराम लगिदियो , म भौतारी हिडी रहेछु यो “प्रेम दिबस”ले नै उसको प्रेम लुट्यो जिन्दगि लुट्यो खुसीले पनि तेही प्रेम दिबसको मौकामा यतिधेरै माया गर्ने पागल प्रेमीको पुष्प गुच्छा लाई कुचेर अरु कसैको सम्पतिको खोल ओढेर खुसि आफ्नो छुटै दुनियामा रमाउदै हिडी ….
Lokendra Ojha
हाल साउदी अरेवीया www.facebook.com/lokenojha

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *