सिंहवाहिनी -२०- बीसौं अध्याय (रक्तबीजसँग युद्ध)


चण्ड मुण्ड मरेको जब खवर गयो
यो खबरले शुम्भ झनै कुपित भयो

रक्तबीज डाकेर समर कथा कह्यो
सारा वीर मर्न गए अचम्म पो छ यो

रक्तबीज भनेको शिवको हो भक्त
शिवबाटै प्राप्त गर्यो वर अति शक्त

रगतका हेरक बुँद जमिनमा झर्दा
अशंख्य नै दानव निस्के वरदानले गर्दा

यी दानव कस्ता भने अति शक्तिशाली
सारा बल हेर्दा खेरि दङ्ग पर्छिन् काली

जति मारो बढ्दै जाने संख्या कति कति
तर पनि देवीजीमा चिन्ता छैन एकरती

अम्विकाले भन्न थालिन् हेर कालीकालाई
खाऊ रगत मार्छु फगत यिनी दानवलाई

कालीकाले पनि यहाँ मुख वाउन थालिन्
अम्विकाले काटेजति सबै मुखमा हालिन्

शुम्भले गम्दै थियो देवी लाने घर
उन्ले कदम् चाल्दा मानेन हौ डर

सारा सैन्य मरे पछि शुम्भ भयो कुपित
यो नारीले पार्नी भइ समर नै दुषित
कसो गरी ल्याउने होला त्यसलाई घर
रणक्षेत्र सजाएर लड्न ठान्यो उचित

त्यसो हुँदा शुम्भले सबैलाई डाक्यो
आफ्नो आदेशले ती दैत्य क्षेत्र ढाक्यो
सर्ब प्रथम उदायुद्ध सेनापति डाक्यो
सबै दलबल सहित युद्ध क्षेत्र ताक्यो

छयासी सेनापतिहरू जम्मा यसमा थिए
दलबल सहित सबै लड्न युद्ध क्षेत्र गए

कम्बु नामका सेना नायक युद्धमा जानु
देवीलाई च्याप्प समाइ मकहाँ ल्याउनु

पचास कोटी वीर्यकुलका सेनापतिहरू
दलबल सहित गएर नै युद्ध गरुन् बरु

सय जबान ध्रुम कुलका सेना पति वीर
लड्न जाउन देवीसँग त्यहाँ बनुन् थीर

कालक अनि कालकेय सेनापतिहरू
देवीसँग लड्न भनि चाँडै जाउन बरू

मौर्य र दौहृर्द शक्ति सेनानायकलाई
आज्ञा दियो जान भनि अस्त्रसस्त्र समाइ

शुम्भराजा भन्न थाल्यो कार्य सिद्ध गर
कहिल्यै विश्वास गर्नु हुन्न शत्रुका भर

विकराल सैन्यशक्ति परिचालन गरी
शुम्भराजा ढुक्क भयो आपूm अघिसरी

यति ठूलो शक्ति हेर देवीतिर बढ्यो
देख्छिन् देवी शैन्यशक्ति क्रोध अति चढ्यो

समाइ धनुष दिइन् टंकार बन्न गयो झंकार
धनुषको यो टंकारले कम्पित भयो संसार

घण्टी पनि बज्न गयो थपिन गयो ध्वनी
यै ध्वनीले थरकायो गुञ्जयमान बनी

जब जब ध्वनी गुञ्ज्यो दैत्य सैन्य जाग्यो
रणक्षेत्र अब भने भूँवरी झै लाग्यो
घेरे सबले देवीलाई पारे मध्य भागमा
कालीले मुख वायी निलिन् विना दागमा

काली देवी शक्तिशाली अडिन् बाहुबलमा
ब्रह्मा विष्णु महेश्वरका शक्ति बसे तनमा

सबै देवको चाहना हो असुर जति नाश
त्रिलोक राज्य फिर्ता गरी स्वर्गको हो बास

कालीलाई शक्ति प्रदान गर्न थाले रणमा
देवशक्ति प्रकट भए सबकै एकै क्षणमा

ब्रह्मा, शिव, कात्तिकेय, विष्णु तथा इन्द्र
यिनका शक्ति प्रकट भए दिव्यरूप चन्द्र

रूप उही, वाहन उही, अस्त्रसस्त्र उही
सारा शक्ति पुग्न थाले देवी साथ त्यहीं
प्रतिमूर्तिहरू सबै यहाँ प्रकट भए
दैविक शक्ति प्रवलता कमी छैन कहीं

ब्रह्माबाट ब्रह्माणीको उत्पत्ति तै भयो
हंसयुक्त विमानमा आसन बन्न गयो
यज्ञसूत्र कमण्डलु उनको हातको सोभा
समरमा प्रयोग गर्ने जल नै अस्त्र रह्यो

शिवाट प्रकट भइन् माहेश्वरी रूप
साँढेमाथि आरोहण रूप राम्रो खुप

हातमा थिए त्रिशुल र कडकण सुशोभित
मस्तकमा चन्द्ररेखा थियो अति विभूषित

यस्ती शिव प्रतिमूर्ति हेर युद्ध गर्न आइन्
दानवका एक एक तन तिन्ले गन्न लाइन्

शक्तिरूपा जगदम्विका कार्तिकेय रूपमा
उनैबाट प्रकट भइन् शक्ति लिइ हातमा

विष्णु बाट बैष्णवीको प्रतिमूर्ति नै थियो
गरुडले वाहन बनी आफ्नो आशन लियो
र्शख, चक्र, गदा धनुष, खड्ग हातलिइ
सबै प्रतिमूर्तिहरूले त रणमा साथ दियो

हरिजीको बहुरूप निक्ले बहु प्रतिमूर्ति
यिनै बहु शक्तिबाटै देखिन्थ्यो नै फुर्ति

यज्ञबराहको रूपमा शक्ति बाराह नै
रणकौशल थरी थरी निकाल्दथे युक्ति

नारसिंहीको प्रतिमूर्ति नृसिंहको रूपमा
हरिजीका प्रतिमूर्ति आए देवीे साथमा
हरेक शक्तिरूपा थिए अति शक्तिशाली
अस्त्रसस्त्र परिपूर्ण थिए तिन्को हातमा

इन्द्रकी प्रतिमूर्ति हातमा ब्रज लिइन्
ऐरावत हात्ती चढी युद्ध क्षेत्र गइन्

सहस्र नेत्र धारी अनि इन्द्रजस्तै रूप
यी शक्तिले घेर्न थाले शिवजीलाई खुप

शिवजीको आज्ञा भयो चण्डिकालाई हेर
संहार गर दानवलाई जतिसक्दो धेर
तब मेरो दिलमा प्रशन्नता आउँछ
भोग्यबस्तु सबै मिल्छन् सारा देव नेर

शिवबाणी सुने पछि देवी जगमगाइन्
परमशक्ति धारण गरी रणक्षेत्र धाइन्
शिवजीका भावनाको अति कदर गर्दै
अस्त्रसस्त्र समाइकन सङ्गिन नै लाइन्

चण्डीकाले आवाज दिइन् आफ्नो श्वर भर्दै
सय स्यालको आवाजसरी गर्जन् पो गर्दै
चण्डिको आवाजले लियो ठूलो स्थान
साराशक्ति तयार थियो अघि अघि सर्दै

शंखनाद हुन गयो बढ्न गयो त्रास
देवतामा बढ्दै गयो संकट टर्ने आस
ती देवीले भन्दि भइन् शिव मुख हेरी
दूत बन्नु पर्यो हजुर आज खसोखास

हाम्रो सन्देश भन्नु पर्यो शुम्भ निशुम्भलाई
दुई भाइ साथै सबै दानव पाताल जानलाई
शुम्भ र निशुम्भलाई सबै कुराहरू बुझाई
इन्द्रजीको भोग्यराज्य सबै फिर्ता दिनलाई

देवताले पाउनै पर्छ आफ्नो यज्ञ भाग
पातालतिर दानव गए लाग्ने छैन दाग
त्रिलोकी राज्य वैभव फिर्ता पाउनै पर्यो
आजको यो देवी–शक्ति यही गर्छ माग

यदि मर्ने इच्च्छ्या भए रणक्षेत्र आउन्
बाँच्ने इच्छ्या छ भने पातलतिर जाउन्
अब बल र घमण्डले कुनै काम हुन्न
सही मार्ग अवलम्वन् सोच तिन्ले पाउन्

यो पनि भनि दिनु देवी शक्तिलाई
हराउन सक्ने छैन कुनै शक्ति आई
ती दुई भाइको छ हाम्रै हातमा काल
देवताले पाउने छन् त्रिलोकी रजाई

नत्र भने सबै शिवा युद्ध क्षेत्र जान्छन्
ती दुई भाइको काँचो मासु खान्छन्
काललाई शीरमा बोकी किन लड्ने
युद्धलाई छोडी दिनु देवी राम्रो ठान्छन्

देवी सन्देश बोकी बोकी शिव जानु भयो
यथार्थको भावनालाई साथमा लानु भयो
सविस्तार सन्देश जति दुबै भाइले पाए
महेश्वरले सन्देश दिइ फर्कि आउनु भयो

देवीजीले शिवजीलाई जब दूत बनाइन्
त्यसै दिनदेखि उनी शिवदूती कहलाइन्
कर्म गर्नु फल पाउनु मूल्याङ्कन राम्रो
राम्रा कर्म गर्दै गदै प्रशिद्धि नै छाइन्

शिवदूती सन्देश जब दैत्य सुन्छन्
सारा युद्ध कर्मलाई मनमनै गुन्छन्
युद्धबाट भाग्नु भन्दा ठान्छन् लड्न ठीक
त्यसो हुँदा दानवले युद्धलाई चुन्छन्

दैत्यराजा शुम्भशक्ति बढ्छन् कात्यायनी तिर
बाणआदि बर्षाउन थाल्छन् कात्यायानी निर
त्यहाँ दुबै शक्तिहरू लड्छन् ठूलो घमशानमा
दृढतामा देवी हुन्छिन् पार्दै आफ्नो ठाडो शीर

दैत्यहरू बाण हान्छन् अनि हान्छन् ऋष्टि
अस्त्रसस्त्र हान्दा हान्दै हुन जान्थ्यो बृष्टि
दुबै शक्ति तुल्यतुल्य कहाँ हुन्थ्यो कमी
देवीको रणकौशल तीखो थियो दृष्टि

देवीबाट हुन गयो ठूलो धनुष्टङ्कार
दानवमा देखिन्थ्यो लौ ठूलो हाहाकार
युद्धमा चलायमान हुन्थ्यो तरबार
कठीन् हुन्थ्यो छुट्याउन कस्को हुन्छ हार

काली देवी अघिसरी शूल हान्दि भइन्
खट्वाङगलाई प्रहार गर्दै विचरणमा गइन्

ब्रह्माणीले जल छर्दै बढिन् अघि अघि
दानवको शक्तिलाई निस्तेज गर्र्दै रहिन्

माहेश्वरी त्रिशुलधारी त्रिशुलले हानिन्
वैष्णवीले पनि त्यहाँ चक्रलाई छाडिन्
छानी छानी दैत्यलाई तिन्ले पनि मारिन्
दैत्य सस्त्र अघि आउँथे सस्त्रैबाट टारिन्

कार्तिकेय शक्ति पनि लड्न अघि सरिन्
सबै दैत्य सैन्यलार्ई छिन्नभिन्न पारिन्

इन्द्र शक्ति पनि चढिन् गजराज माथि
अस्त्रसस्त्र ब्रज थियो, वाहन थियो हात्ती

वाराहीको अस्त्र थियो स्वयम् तिन्को चुच्चो
थुतुनोको अग्रभागले पाथ्र्यो सबलाई बुँच्चो

दाह्रा थिए तीखा तीखा तिनै दाह्रा धस्तै
मारिदिइन् दैत्यहरू तिन्ले त्यहाँ मस्तै

नारसिंहीको अस्त्रसस्त्र थिए आफ्नै नङ
तिनै नङ प्रयोग गरी मार्थिन् जन जन

रण क्षेत्र भरी हेर विचरण गर्दै
नरसिंही अघि बढिन् दैत्यलाई मार्दै

शिवदूतीले गर्न थालिन् ठूलो अट्टहास
दैत्यहरू लोट्न थाले मानेर नै त्रास

जति जति दैत्य लोट्थे बने देवी ग्रास
समरमा दैत्य शक्ति बन्न गयो ह्रास

दैत्य सैन्य भाग्न थाले रणक्षेत्र छाडी
रक्तबीज अघि बढे देवीकै अगाडी

मातृगणहरू पनि मार्न तयार भए
अस्त्रसस्त्र साथ लिई रणक्षेत्र गए

बाण हान्दा लाग्न जाने रक्तबीज तनमा
प्रतिबुँद रक्त बग्दा दैत्य जन्मे रणमा

पहिलो युद्ध रक्तबीजको भयो एैन्द्रीसँग
रक्तबुँदमा दानव जन्मे ऐन्द्री बनिन् दङ्ग

रक्तबीज जस्तै जस्तै पराक्रमी थिए
अस्त्रसस्त्र साथलिई लड्न स्थान लिए

थिए दैत्य सबै सबै अति बलवान
संख्या बढ्यो तिन्को अनगिन्ति मान

रक्तबीज मातृगणको भारी युद्ध भयो
बुँदै जति रक्तबीज जन्मन पो गयो

यसो हुँदा लाखौं लाखौं रक्तबीज जन्मे
देवी गणमा युद्ध गर्न पर्यो हम्मे् हम्मे

दैत्य शक्ति बढ्दै गयो अनगिन्ति भयो
यो शक्तिको बढ्दोरूप फैलिन पो गयो

मातृशक्ति अघि बढे अस्त्रसस्त्र सित
रक्तबीजले भन्न थाल्यो मेरै हुन्छ जित

वैष्णवीले चक्र हानिन् बाराहीले खड्ग
देवीशक्ति अघि बढयो पार्दै अङ्गभङ्ग

दानवको संख्याहरू व्यपकतामा बढे
मातृगणहरूका नयन त्यतै गढे
विशाल भयो रणक्षेत्र बढ्दै गयो युद्ध
दुबै गणका अस्त्रसस्त्र गगनमा चढे

देवतामा उदासिनता बढ्दै बढ्दै गयो
रक्तबीज धेरै बढे अनगिन्ति भयो
अब देवी खोज्न थालिन् रण कौशलता
रण कौशल सफलपारी युद्ध जित्नु छ यो

चण्डिकाले कालिकालाई भन्न थालिन् अब
अस्त्रबाट बग्ने रगत पीउन थाल सब
बग्दो रगत जमिनमा खस्न नपाएमा
दानवलाई सखाप पार्दै युद्ध जित्छौं तब

रक्तबीजका रगतहरू तिमी जाउ पिउँदै
सबै दैत्य मारिदिन्छु छाड्ने छैन जिउँदै

बग्ने रगत पिउँदै जाँदा दानव संख्या घट्छ
हेर दानवलाई दग्दै दग्दै युद्ध अघि बढ्छ
यही बन्छ रण कौशल यही हुन्छ रणसार
दानव शक्ति अघि बढ्न यहीं गइ अड्छ

जति जति दैत्य रक्त तिमी पिउन सक्छ्यौ
त्यति त्यति रणमहाँ दैत्यलाई नै दग्छ्यौ
समरको रणकौशल सक्षम बन्दै जान्छ
शान्ति मिल्छ देवलाई रण पनि रोक्छ्यौ

यति भन्दै चण्डिकाले शूल हान्दि भइन्
कालिकाले सारा रक्त मुख्मा लिदै गइन्
कालिकाको मुखमा पनि दैत्य पैदा भए
तिनलाई निल्दै निल्दै अघि बढ्दी भइन्

एवम् रीतमा देवहितमा रक्त पिउँँदै गइन्
त्यहाँ रक्तबीज मर्न गयो देवी खडी भइन्
देवताले पुष्पबृष्टि गराउन लागे
रक्तमातमा देवीशक्ति रमाउँदै रहिन्

भजन

मारिन् देवीले मारिन् देवीले
रक्तबीज दैत्यलाई मारिन् देवीले

रक्तबीज नामको दैत्य प्रतापी नै थियो
आफ्नो तनको समर्पण शुम्भलाई दियो
यस्ले वरदान शिवबाट पाएकै हो ठूलो
वरदान निस्तेजशक्ति देवीरूपले लियो,
मारिन् देवीले

रक्तबीज वीरै थियो लाखौं दैत्य जन्मे
ती दैत्यलाई मार्नलाई पर्यो हम्मे हम्मे
कालीकाले रक्त, तन पेटमा पचाइ दिइन्
रक्तवीजलाई वध गर्न युद्ध भयो लम्बे,
मारिन् देवीले

देवबाट देवशक्ति प्रकट भए अति
देवताले शक्ति प्रदान गरे कति कति
शिवजी नै दूत बने कार्य सिद्धिगर्न
तब पनि दानवको विग्रन गो मति,
मारिन् देवीले….

हुन पनि दृढहुनु पर्ने थियो लड्न
वीरगति प्राप्त गर्न पर्ने थियो डट्न
बहादुरी पनि थियो मुक्ति लिन पनि
दैत्यशक्ति अघि बढे जानेनन् है हट्न,
मारिन् देवीले…..

चामुण्डाले रक्तबीजको प्राण लिदीभइन्
कालीकाले सबै रक्त रक्तबीजको पिइन्
रक्तहीन भयो दानव इहलोक त्याग्यो
सबै देव खुसी पार्र्दै शान्ति दिंदै गइन्
मारिन् देवीले…..

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “सिंहवाहिनी -२०- बीसौं अध्याय (रक्तबीजसँग युद्ध)”

  1. इति रक्तवीज बधोनाम
    इति रक्तवीज बधोनाम अष्टमाेध्याय ।
    निशुम्भम् निहतम् दृष्ट्वा भ्रातरम्

Leave a Reply

Your email address will not be published. Required fields are marked *