‘प्रभा’ ऊ निदाएकी थिइन । त्यसैले उसलाई बोलाई हेरें ।

हामी दम्पति निदाउँदैनौ । रात अनिदो कट्छ । अन्धकार पनि कति क्रुद्द देखिन्छ । सुनसान र असुराहरूले ब्याप्त भए जस्तो ।

प्रभा मतिर फर्किई । भनी, ‘भोलि बिहान मन्दिर जानु छ । सुत ।’

***

केही क्षण पछि अनुहारमा कता कताबाट हो हाँसोका झिल्काहरू देखिन थाले । मनमा उन्मात चड्न थाल्यो । प्रेममा के के गरिदैन । उपहारमा स्वेटर बुनिन्छन् । कार्डहरू साटिन्छन् । फुलहरू च्तातिन्छन् । चुडिन्छन् । शरिरका आफ्नै अंगहरू आफ्नै जस्ता लाग्दैनन् । भेदहरू खुल्छन् । रहस्यहरू जन्मिन्छन् । रात दिन एकनास हुन्छन् । तस्बिरहरू आँखाँमा छापिन्छन् । मुटुमा छापिन्छन् । कता हो कता हजारौं उत्ताउला उत्तेजनाहरू सर्बाङ्ग शरिर भरि कुद्दन थाल्छन् । कालो ट्याम्पोमा घर फर्किउनजेलमा सोमनाथले धेरै कुरा सोचिसकेको थियो । उसलाई जमुना एकै हुत्तामा तरे जस्तो भयो । घर पुग्नासाथ उसले प्रभालाई मनग्गे सोच्यो । रातभरि सोच्यो । प्रभालाई संझिदा मात्रै पनि उसलाई सिरिंङ हुनथ्यो । झन आजको कुराले त उसको होसै उडेको छ ।

प्रभाले धरहराको सिंडि ओर्लदै गर्दा भनेकि थिई । ‘सोमनाथ । म तिमीलाई मनपराउँछु ।’

सोमनाथको सुद्दि हरायो त्यस पछि । उसले कति बेला कालो ट्याम्पो समायो । प्रभा कुन बेला ओर्ली । ऊ कुन बेला घर आयो । उसलाई केही पनि याद छैन । सोच्दै गर्दा उसले यो पनि सोच्यो । प्रेममा कति तागत हुँदो रहेछ । लाखैं लाख सूर्यको तेज पो रहेछ । कता कता पीडा पनि हुने । खोई कस्तो पीडा । सायद उसको निधार बलिरहेको छ । उसले निधार छाम्यो । रन्किएको थियो । ज्वरो आए जस्तो । उसले मनमनै भन्यो । ‘म कस्तो हुस्सु । भाडा कसले दियो होला ?’ प्रभाले के सोचि होला ?’ उसको मनमा यस्तै तरङहरू रातभरि आइरहे ।

अर्को दिन धरहराको टुप्पोमा पुगेपछि । सोमनाथले भन्यो । ‘प्रभा । हामी बिहे गर्रौं । हुदैन?’

***

प्रभा कोल्टे फेरिरहेकी छे । ऊ पनि निदाउन सकेकि छैन । सोमानाथ केही न केही सोचिरहेको थियो । उसलाई थाहा छ । ऊ प्रभालाई प्रेम गर्छ । प्रभालाई के भएको छ । उसमा परिवर्तनहरू आएका छन् । ऊ मसँग बाँउठिन थालेकि छे । सोमनाथ यस्तै सोचिरहेको थियो । बिहानको चिसो झ्यालको खापाबाट भित्र छिर्न थालेपछि सोमनाथलाई निद्रा आउला आउला जस्तो भयो । प्रभा त निदाइसकेकि थिई । सोमनाथलाई त्यो पनि याद भएन । निदाउन थाल्दा मान्छे एकफेरा झस्किन्छ । कतैबाट फालहाले जस्तो हुन्छ । सोमनाथ त्यति खेर धरहराको नवौं तल्लाबाट फालहालिरहेको थियो । सोमनाथलाई त्यो पनि पत्तो छैन । ऊ त्यो सपना देखिरहेछ वा सक्ललमा त्यो भइरहेछ । प्रभाले प्रेमप्रस्ताव राखेदेखि नै सोमनाथ यस्तै भएको छ । होसै गुमाएको छ । बिचरा । आजकाल त झन उसलाई केही यादै रहँदैन ।

फ्यात्त उसको शरिर धरहराको प्राङगणमा झर्छ । मानिसहरू त्यो देखेर पर भाग्छन् । आत्तिएर । मानौं सोमनाथको ज्यान होलिमा भरेर फ्याँकिएको बेलुन होस् ।

सोमनाथको शरिरले रगतमा डुबुल्की खेल्यो ।

**

प्रभा सोमनाथलाई घचघचाइरहेकी छे । बोलाइरहेकी छे, ‘प्राणनाथ । उठ्नुहोस् । मन्दिर जाउँ ।’

त्यसपछि सोमनाथ कहिले पनि उठेन ।

प्रभा आजकाल एक्लै मन्दिर जान्छे र सोमनाथको दीर्घजीवनको कामना गरेर कालो ट्याम्पोमा नयाँ प्रेमी साथ घर फर्किन्छे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

3 thoughts on “प्रभा”

  1. सधैं झैं साह्रै रहस्यमयी कथा
    सधैं झैं साह्रै रहस्यमयी कथा र कलात्मक प्रस्तुति । र यसले पनि दोहोर्याउन तेहर्याउन मन लाग्यो, र पर्यो पनि ।
    कमजोर मन, जीवन र जोवनको विवशता, र हल्का व्यंग्य चित्रण भएको पाइयो । यद्यपि मिल्यो कि मिलेन, त्यो त रुमनजीलाई नै थाहा होला !

    1. धन्यबाद के.एस जि ।
      सटिक अड्कल गर्नु भयो । भौतिक रुप मा एकै भए पनि मानिस मानसिक रुपमा छिन्नभिन्न भए पछि दोमन गर्दो रहेछ बाँच्न । यस्तै भयो प्रभाको पति लाई पनि !

  2. फेरि समय निकालेर पढ्ने छु ।
    एक पल्ट सरसर्ति पढें । तपाईका अरू कथाहरू पनि मलाई मन पर्छ । यस कथालाई फेरि समय निकालेर पढ्ने छु । अनि मात्र केही लेखौला । धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *