मनमा मायाको अमिट छाप दिएर गयौ ।
अंगाल्दै सुस्तरी पिठ्युमा धाप दिएर गयौ ।।
… उर्लन्छ खहरे सम्झना बनी छल्केर आँशु,
चिसिन्न कहिले अनौठो ताप दिएर गयौ ।।
ढले म काखैमा बेहोस भई बिछोड सम्झी,
रोकिंदा धड्कन स्वासको चाप दिएर गयौ ।।
सडक किनार काम्दैथे म त तुषारो पर्दा,
किनेर पछ्यौरी आँतमा खाप दिएर गयौ ।।
ढुङ्गामा फूल्दैछ गुलाबी भाव”कल्पना”गर्दा,
खुशीमा आशुको अमूल्य फाप दिएर गयौ।।
कल्पना राई”खुशी”
दोलखा नेपाल
हाल-द.कोरिया
गजलको मतलाले साह्रै लोभ्यायो।
गजलको मतलाले साह्रै लोभ्यायो।