छाती पोल्यो भत्भती ।
त्यस वेदनाले पोलेको थियो छाती, जुन कुरा मार्मिक थियो एकदमै । ती आ“खाले रुवाउन खोजे मलाई । ती कुराले अत्याउन खोजे मलाई । कस्तो नरमाइलो भइरहेको दिन र हरेक छिन ।
पहिरोले बगाउन आ“टेको पि“ढीजस्तो । बाढीले बर्ढार्न आटेको आ“गनजस्तो ।
स्वयम्भूका दर्ुइ आखा ।
ती आ“खालाई त्यतै थन्काएर साथी बनायौ“ सीतापाइलालाई । बस्तीको सुन्दरता सम्हाल्ने आ“खाको इच्छा । त्यही चाहनालाई च्यापेर अनि उक्लेका थियौ“ हामी रामकोट ।
एकनासको उकालो ।
मकैबारी, धानबारी । अरू धेरै श्रमले सिञ्चित ती बारीहरू । पसिना, बल र बुद्धि सरोबरी छ गरामा, कान्लामा ।
लम्काइ छ ।
मानिसहरू नौला परेली खोल्दै हर्ेछन् । तिनलाई लागेको हुनर्ुपर्छ, यी कामचोर डुलुवा हुन् । हामीले त्यतिखेर यसको उत्तर पायौ“, जब बाटो सम्याइरहेका एक कामदारको आवाज सुन्यौ“, खाने निहु“ हो भने सहरकै नाउ“ले खानू नि †
बर्खाको मौसम ।
कविता, चित्र वा सङ्गीतको खोजीमा छौ“ । तीव्र रूपमा बादलको आइजाइ छ आकाशमा । आ“खाले ती दृश्यहरूको अर्थ केलाएर भाव खोज्छन् ।
निकै तेर्र्छो र घुमाउरो हि“डेपछि काठमाडौ“लाई पर्ूवको खो“चमा थपक्क थन्कायौ“ हामीले । गन्जागोल र भीडभाडको मुक्ति अर्को लोभ हो ।
अब पिच सेनाको सानतिर कुद्यो ।
हामी जङ्गली बाटोका साथी भयौ“ । त्यही प्रिय हामीलाई । जीवन बोध छ, त्यसमा । कसरी सत्यलाई सजाय दिनु – कसरी बिर्सनु इमानको इसारा – कसरी आ“खा चिम्लनु सत्यको पाइलालाई  - अ“गालोमा बाध्यौ“ वन र वनस्पतिलाई ।
बर्खाको पानी बिर्बिराउ“छ ।
वनभर िकीरा र चराको आफ्नै उडान छ । आवाजको सम्पन्न संसार छ । चकमन्न कतै छैन । हावा र मौलिक वातावरणको गति छ, स्वर छ र दुनिया“ छ । परविर्तनको प्रदूषण व्याप्ति छ केन्द्र भएर गाउ“ पसेको ।
अगाडिको प्रतिस्पर्धात्मक सहर बुझेको ध्याउन्नमा र्टाई कसेका विद्यार्थी घर फिर्दैछन् । ती बोल्छन्, हामी सुन्छौ“ । भन्छन्, हामीलाई विकास चाहियो ।
काठमाडौ“को सेप यो । हरेक कुराले पर्ूण्ाता छ । जल, जङ्गल र जमिनले सम्पन्न छ यो भेग । तरकारी, पशुपालन र दुग्ध व्यवसायले जनजीवन सन्तोषप्रद भेटिन्छ । छैन भन्नु बेग्लै कुरा हो, नत्र छैन भन्ने स्िथति अरूले देख्दैनन् ।
डा“डैडा“डा हि“डिरहेका छौ“ ।
कुइराको मायालु कुदाइ छ हाम्रै बाटोवरपिर ि। अग्ला रूख र तिनका जराले कलाको अद्भुत रूपाकृति देखाउ“छन् । हरयिाली हर्ेदा लाग्छ, यहा“बाट सुन्दरताको रङ बिलाउ“दैन हत्पति । घा“से जान्छन् । गोठाला गोठाल्नीको गथासो सुन्दै चररिहेका वस्तुभाउको स्िथति पढ्छु म । गाउ“को एउटा ज्ञानी मान्छेको छाया मभित्र छ ।
आ“खै लुछ्ने काठमाडौ“ पर्ूवतिर हस्याङफस्याङएिर स्वास फेररिहेछ अनवरत । हामीलाई बचाउने गर्छन् रूखपात र एकान्तका आवाजहरूले ।
जीवनको रस, भीड । सधै“को कुदाकुद । अनपेक्षित लम्काइ । हार मात्र हो । यो सन्देश आज हरेकका निम्ति बनेको छ । मुक्ति खोज्ने सानो यत्नलाई यो दिनको साथी बनाउने हो कि –
यस्तै सोच्तै हामी लम्केथ्यौ“ पहाडतिर, वनको बाटोमा ।
पानीले पखालेको जङ्गल । हावाले पुछेको हरयिो वन । अझै वसन्तको मिठास र बास छ“दैछ । अझै छ सिर्जना र रचनाको पवित्र कलाकारतिा । हर्ेर्दै, गम्दै र आ“खालाई भुलाउ“दै बस्ती पुग्ने कामना पालेका छौ“ ।
हावामा वनको बास मुस्कुराएर छरन्िछ । प्राचीनता बा“चेको छ, छ ।
प्रश्न मर्छन् । फेर िमरेका जिज्ञासालाई औषधि खुवाउने जा“गर संसारले गरेको छैन । मुख ताक्ने बानी परेको छ हामीलाई ।
चौरमा घा“स उम्रेको रौनक हर्ेर्छर्ुु बस्तीलाई ऊर्जा दिने यो अर्को पक्ष हो नि । गोठमा यदि यो नपुग्दो हो त सहर नगई बसिरहने कुनै गाउ“ हुने छैन । अभाव र आपत् । आजको मूल्यबोध हो यो ।
डा“डामा पुगेपछि भेटिए आमाछोरी ।
एमकुमारी र सुशीला पेमी मगर । श्रमपर्ूण्ा अनुहारले अभ्यास गराएर बचाएको अनुहार ।
गुल्मीबाट काम खोज्दै आएका यिनीहरू ।
मकैबारीको आवाज र गन्ध पढ्छु । बोडी, सिमी र फर्सर्ीीे लहलहमा श्रम फुलेको छ । फर्सर्ीी पहे“ला फूलमा सुशीलाको चढ्दो क्रम फुल्दो छ । आरुका फुस्रा रङमा उमेर पकाइरहेकी एमकुमारीको विगत पाकेर छड्की रहेको हुनर्ुपर्छ ।
“छोराछोरी पढाउनकै लागि यो जङ्गला मुलुकमा बसेकी ।”
एमकुमारीका आ“खा रसाउ“छन् ।
कथाहरू यी गरा र कान्लामा कोदाका कपनीमा झुलेका छन् । धानका गा“जमा रोपिएका छन्, यो मगर परविारको गहिरो रुवाबासी ।
१६ वर्षमात्र पुगेको जेठो छोरो दिल्लीमा कहर काट्दैछ । माइलो काठमाडौ“कै कुनै नया“ धनीमानीका घरमा आशा, कष्टको फेरमा बचाउ“दैछ आफूलाई ।
१३ वर्षपुगेर के गर्नु, रूप बोकी २० वर्षो ।
सामुन्नेकी अर्की छोरी औ“ल्याउ“दै एमकुमारी सबभन्दा कान्छो विष्णुलाई दूध चुसाउ“छे ।
आश्रमको आ“गन कुरेर बसेका छन् यिनले । बाबा मस्तरामको एकान्तिक आश्रम । पहाडको ज्यान पहाडमै खर्चिरहेथे यिनले । पहाडमा कमाएको शरीर र रगत यिनै चुपचाप जीवन कटाइरहेका भिराला पहाडमा खन्याइरहेका थिए ।
छाती पोल्यो भत्भती, वेदना सुन्दा ।
गुल्मीमा ७ कक्षामा पढ्थे“ । यहा“ ५ मा भर्ना गर्न नि मानैकै थिएनन् ।
अक्षर पढ्नका लागि जे सम्झौता पनि मानिरहेका छन् ती कलिला अनुहारले । सुशीलाका हृदयले ।
यो मूल्य र जीवनको उर्त्र्सग कतिसम्म हुन्छ – बुझ्दै नबुझेको त्यो याचक र निवेदक सुशीलाको अनुहार ।
“लोग्नेको कुरै नगर्नोस्, जसले छोरीभन्दा कान्छी आइमाई ल्याएर बिर्सियो हामीलाई ।”
व्यथाको छाल उर्लन्छ ।
“बुबा भए मेरो यो बिजोग हुन्थ्यो र -”
छोरीको अभिभावक नहु“दाको रत्तिmता ।
अनि छाती पोल्यो भत्भती ।
भीरका ठूला रूखहरू हर्ेर्छर्ुु कान्लामा कोल्टिएका रूखपातको सङ्र्घष्ा हर्ेर्छर्ुु रूख सेक्ने नि रूखै । मान्छे र रूखमा अविश्वसनीय छ नातो ।
नजानेको ज्ञान भेटिन्छ । जसलाई सुल्झाउन सभ्यताको थुप्रै क्यालेन्डरले गोता खाएको छ । आ“सु र खहरे । यो पहाडमा दुवै बगेका छन् निरन्तर । रु“दैरु“दै खोल्सो मिलाउने एमकुमारीको परेली कहा“ रोकिनु आ“सुले –
वन कुइरो छ कान्लामा हा“स्दै कुदेको । बादल छुन खोजेका हरयिा पहाडमुनिका पि“ढीमा उदास अनुहारको खुइय्य । जङ्गली फूलहरूको गमक छ र उल्लासित जीवनशैली । विरोधाभास छ यो सत्यमा ।
“तिहारको काठमाडौ“ यही“कै पाखामा फुल्ने फूलले सि“गार्छ,” एमकुमारीको भनाइ ।
दाया“बाया“ पसारएिका चापाको वन, मझुवा, क्वाके चौर, डा“डागाउ“, भीरकोट र थाप्ले बस्तीको श्रमपर्ूण्ा जीवन पढ्छु । उघ्रेर अनि खुलेर गाउ“को चमक बादलस“गै गम्कन्छ ।
अग्ला र हरयिा पहाडी शृङ्खला । २०५६ सालमा नेकोन एअरको जहाज ठोक्किएर धुलाम्मे भएको डा“डोमा आ“खा पुर्‍याउ“छु । क्वाके पश्चिमा चौर ।
षड्यन्त्र, हत्या र दर्ुघटनाका वर्षरू ।
देशले घाउ खपेका युगहरू । समाजले आ“सु रत्ियाएका साताहरू । मृत्युलाई अगणित शब्दमा राख्न अभ्यस्त मनहरू । इतिहास आयो आ“खामा ।
“सुशीला † हिजोदेखि नै यातनाहरू थिए,”
मैले भने“ ।
“कसरी -”
उसको अबोध प्रश्न ।
“तिमीले यतिखेर पढ्न नपाएको चोट । हिजो हामीले पढाउनै नपाएको दुखाइ,”
मैले उत्तर दिए“ ।
उसले केही अघि भनेकी थिई, “सबै विद्यार्थीलाई एक-एक कम्प्युटर दिने रे नि †”
मैले पत्रु मन्त्रीका झल्लु र ढ“टुवारे कुरा नमान्न र नस्वीकार्न सिकाए“ । पहाडका अग्ल चुचुरा हेरेर जीवनका रहस्य पल्टाउन सिकाए“ । अर्थ र शब्द अलग-अलग भइरहेको यो समयमा जीवन अघिल्तिर विजयी प्रभात थिएन । आशाले असिना बर्सर्ााो फूलबारी थियो । रातभर िरोएर उज्यालोमा हा“स्ने प्रयत्न ।
त्यही छाल छ सुशीलाको ।
“बाघले हाम्रा सन्तान सम्सा“झै कोपर्छन् ।”
बाख्राका पाठा मुसारी रहेकी चन्द्रकला गिरीस“ग थुप्रो चोट र कौलासाले घेरा हालेका हालेकै छन् ।
सामुन्ने वनजति सम्पन्न छ, त्यसभन्दा नृशंस र निष्ठुर नि छ । वरपरका आ“खाले सधै“ ठोकुवा गरेका छन् । तिनको दाबा छ, जतिखेरै तर्सिएर परेली बा“ध्नुपरेको छ ।
कविताहरू, चित्रहरू, सङ्गीतहरू, खोज्दै आएको छु म । बा“स, निगाला र उत्तिसका आफ्नै छाया“मा रमाउनेहरू झन् सन्तप्त छन् । त्यही क्रममा एमकुमारी । त्यही क्रममा सुशीला । रातभर िरोएर दिउ“सो तकिया सुक्छ घाममा । वरपरको समाजले दोष मात्रै देख्छ । एमकुमारीको श्रीमान्लाई दोषी देखिहाल्दैन ।
“म त छोराछोरी पढाउन जे नि गर्छर्ुु”
एमकुमारीका गालामा बगेको आ“सुको टाटास“ग मेरो संवाद छ । सोध्नेहरूस“ग थुप्रै खात हुन्छन् प्रश्नका । उत्तर दिनेहरूले तयारी जवाफ बोकेर बसेका हुन सक्छन् । सबै उत्तरले तिनका गह कसरी पुछ्ने – पुछ्ने प्रयत्न नै नगरेपछि ।
इतिहास उग्राएर अगाडिको उपत्यका खित्काइरहेको छ, छ । रातो दिन रामकोटका प“धेराबाट देख्नेहरूका छातीमा शूल बल्किन्छ बेस्मारी । तर, निरूपायजस्तो । निहत्थाजस्तो ।
हिजो पनि अभावमा रोई एमकुमारी ।
आज बिजोगमा परी एमकुमारी ।
भोलि – भोलि पनि त त्यही स्िथतिमा दिनले दैलो खोलिरहेको छ, छ । रुनेका हातमा खोइ रुमाल –
यतैकतै हाप्सिलो कराउ“थ्यो । चील, गिद्ध र ब्वासा छल्दै सुशीलाले ७ कक्षासम्म बाटो बनाई । उल्टो भयो यतिखेर । फेर ितिनै खुड्किलो तल झरेर सुशीलाले ५ कक्षामा बसाउनुपर्‍यो आफूलाई ।
नजिकै कुकुर भुक्तै घर पसे ।
एमकुमारीस“ग यतिखेर तिनै कुकुरको भुकाइ वर्तमान चिर्ने हतियार भएका छन् । बाहिर बा“धे चितुवाले घिर्सार्छ । आएको जनाउसम्म त दिन सक्छ कुकुरले । त्यसैले घरभित्रै भए पनि बा“ध्नुपरेको छ कुकुरलाई । आधार त्यति हो ।
खेत गोडेर आउनेहरूका सिउ“दोमा लत्पतिएको सिन्दूर छ । म दुवैलाई हर्ेर्छर्ुु अर्थात्, एमकुमारी र चन्द्रकला । लोग्नेको मूल्य अन्तै छ एमकुमारीका निम्ति ।
चन्द्रकलाले भनी, “दिनभरकिो ज्याला जुवामा हाल्छन् बूढाले ।”
सहर, राजधानी वा का“ठ । ठाउ“का घाउ उस्तै र उही नभए पनि दुखाइचाहि“ एकै खालका छन् । उपचार खोजी रहेका घाउका प्रकार भिन्न छन् पक्कै ।
स्वयम्भूका आ“खा हेररिहेको छु यी थुम्काबाट ।
काठमाडौ“नजिकै सबथोक गुना र दुगुनाको चरत्रिमा निर्मित छन् । बुझ्नु अनि नबुझ्नुको आकाश हिजो, आज र भोलिको बिहान पर्खेर बसिरहेका छन् । तिनलाई हेरेर जानेको प्रश्न गयो गोरेटोतिरै । तिनलाई पढेर जानेको जिज्ञासा वनफूलको वास्नाजस्तै गयो परपर । हर्ेन नचाहने र बुझ्न नखोज्ने सूची त झन् चर्को ।
हिजो, आज र भोलिको उही नाम हो एमकुमारी ।

नेपाल साप्ताहिक ३१३

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “एमकुमारी हिजो र आज”

Leave a Reply

Your email address will not be published. Required fields are marked *