बिदेशको जीवन

ChhiringLama


खै के भयो मलाई आज ? काममा जानलाई पनि मन लगिरहेको छैन । काममा होइन म त खाटबाट उठ्नै पो मन लागिरहेको छैन । त चुम्बकले फलाम समते झै, मलाई पनि मेरो बिस्तराले त्यसरी नै समातिरहेको छ ।

बल-जफ्त गरेर उठ्न खोज्छु, ओढिएको सिराक पन्छाउन खोज्छु । मनमा नाना थारीका कुराहरू एकै चोटी उम्लिन्छ । “ओहो शरिरको पुरै हड्डी मर्कियो कि के हो?” भन्ने शंकाले मन झनै आत्तिए जस्तो हुन्छ ।

“ओइ हेर न यार ! म त बिमारी पनि होइन तर शरिर भने कस्तो हुन्छ,” उता सुतिरहेको साथीतिर फर्केर भन्छु म ।

साथी सुतिरहेकै हुन्छ ।

“होइन तिमी अहिलेसम्म बिँउझेकै छैन कि के हो?” भनेर पुन बिउँझाउन खोच्छु । ऊ टसमस सुतिरहेकै हुन्छे ।

“ओइ तिम्रो निद्रा त कस्तो मोटो यार,” भन्दै म सकी-नसकी उसको नजिक पुग्छु । अनि उस्ले ओढेको सिरक बिस्तारै पल्टाउछु ।

उसको हात समाएर “काममा जाने बेला भयो, उठ !” भन्दै सतर्क गर्छु । तर उसको हात एकदम चिसो पाउँछु ।

म “यस्तो बक्लो सिरकभित्र कसरी यस्तरी हिँउजस्ती भएको हो तिम्रो हात के भयो हँ ?” भन्दै उतातिर पल्टेको उसको टाउको मतिर फर्काउँछु ।

म एक्लै ऊसित कुरा गर्छु । ऊ चुपचाप सुनिरहेको जस्तो गर्छ । उसको यस्तो अवस्था देखेर म कराउँछु, चिच्याउँछु । पछि पो थाहा हुन्छ मलाई । साथी कहिल्यै नउठने गरी सुतिरहेको रहेछ । उसको निलो अाँखाले मलाई हेरिरहेको थियो ।

उसको मुखले भनिरहेको थियो – “साथी मेरो यो निर्जीव शारिर जसरी नि बाबा-आमा कहाँ पुर्याउनु मेरो बाबा आमा मलाई कुरिरहेको छ । म आउने बाटो हेरिरहेको छ । म जिँउदो होस या मुर्दा !”

First Published in Majheri on 2012-08-17 01:01:51 +0900

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *