NavigationUser login |
लाचार श्रीमानको पत्र श्रीमतीको नाममा
मेरी रति, मेरा दुई आँखाले मात्र होइन मेरो आत्माले पनि तिम्रो दु:ख देखिरहेको छु। तर के गरूँ ? म पनि त कुनै बन्धनमा उल्झिरहेको छु । निस्साह बनी तिम्रो यो लाचार श्रीमानले तिमीलाई सिउदोमा दुई चुट्टी सिन्दुर र आमा बन्ने सौभाग्य बाहेक अरु केही दिन सकेको छैन। भन्छन् नि सधैं, बिना खरीको मादल बज्दैन । उसै प्रकार म पनि भाग्य बिनाको एउटा प्राणी रहेछु । मलाई त सबैले पढ्न सके तर मैले कसैलाई पनि जिन्दगीभरि पढ्न सकिन । यद्यपि मेरो जीवन सधैं कछुवाको चाल चल्दै रह्यो । सधैं मेरा पाइलाहरू जिम्मेवारीको बोझमा फलामको सांग्लाले बाँधिए। मैले आफ्नो घरको जिम्मेवारी निभाउँदा निभाउँदैमा आफै सकिएछु । मैले मेरो आफ्नो कर्तव्य देखाउनु पर्ने ठाउँ पनि बिर्सिएछु। स्वभिमानी बनेर उदेर बन्नु पनि आफ्नो लागि भोलिको अभिषाप बन्न पुग्दो रहेछ! हे भगवान तिम्रो लिला पनि अपरम्पार नै हुदो रहेछ । नमन छ प्रभूलाई!
समस्या
महिला सम्बन्धी कानुन कागजी रूपमा राम्रा बने पनि व्यवहारमा लागु गर्न नसकेकाले महिलाको समस्या जस्ताको तस्तै छ । उनी यस्तै कुराहरूले आफ्नो मनलाई तल्लिन बनाउँदै झ्याल भित्रबाट बाहिरको दृष्य नियाल्दै आफूभित्र फर्किएर हेर्दैछिन् । झ्याल भित्रैबाट संसारलाई अवलोकन गर्नु पर्ने बाध्यतासँग उनी राम्रोसँगले परिचित छिन् । एक बर्षको दुधे बालक छोडेर शहर पसेकी उनी शहर पस्नुको सबैभन्दा प्रमुख कारण गरिबी नै थियो । घरमा तीन बीस काटेकी वृद्ध सासूलाई एकसरो आङ ढाक्ने लुगा फेर्दिन नसक्दा कठ्याँग्रिदो पुस माघको ठण्डी काट्न अँगेनासँग कुस्ती खेल्नु पर्ने हुन्थ्यो । उनको नारी मन ती सब कुरा चुप-चाप सहन गर्न सक्दैनथ्यो । त्यसैले उनले कमाउनको लागि शहर पस्ने कुरासँग सम्झौता गरेर सासूलाई दुधे बालक छोडेर उनी घरबाट हिँडेकी थिइन् । उनी घरको संघार नाघेर हिँड्दा सारीको फेर समातेर चिच्च्याई-चिच्च्याई रुँदै "छोडेर नजानु" भनेर छोराले गरेको साङ्केतिक आग्रह बुझेर पनि अबुझ भएर पछाडि फर्केर हेर्दै नहेरिकनबाटो लागेकी थिइन् । भोलिको सुखी भविष्यको कल्पनामा निमग्न भएर ।
‘नेपाल उज्यालो हुन्छ कि ?’
सत्तालिप्सा कुर्सी–प्रॆमी र अग्रगामी बन्ने नेताले फुट्नलाग्यो नेपाल भन्दै हर्ष-विभोर हुने चैँले
परदेशमा तीजरातो सारीले सपक्क ढाकिएर,
यत्ति धेरै माया किनयत्ति धेरै माया किन गुणलाई पो हो कि म त ध्वाँसे कालो हाँडी कुनातिरै बस्छु म त बामपुड्के फर्सी खाल्डाभित्रै पस्छु
मेरो राजधानी ( लघुकथा )
भर्खर रातिको ८ बज्दै थियो । मलाई भने आफूलाई नै समाल्न गार्हो भै राखेको थियो । मनमा तछाड मछाड तरङ्गहरू यु.के.को जीवनशैली कस्तो होला भनेर घमासान लडिरहेका थिए । मेरो आडैको सिटमा बस्ने महिला साथीको आवाज आएर म झस्किएँ- "तपाई कहाँबाट, काठमाडौँबाट हो ?" म दङ्ग परें । अनि मुसुक्क हासेर भनें -"कसरी थाहा पाउनु भो, हो म काठमाडौँबाटै हो ।" उनले झटारो फालिन् " तपाईंले मुखले नभने पनि तपाइको शरीरको गन्धले नै भनिहाल्छ नि, तपाई काठमाडौँ को हो भनेर ।"
३ मुक्तकहरूछाडिदेऊ पृय तिमी रिसाउने बानी
कालरात्री र बलाकृत आँसु
म को हुँ र ? मेरो अस्तित्व के छ र ? निस्सारताको कालो छिद्रमा खाँदिएको छ मेरो जीवन । मैले मेरो तौल भेट्टाएकी छैन । मेरो कुनै अस्तित्व छैन । म अस्तित्वहीन छु । मेरो कुनै मूल्य छैन । मेरो बजार भाउ तोकिएको छैन । यसकारण म सित्तैमा उपलब्ध छु । मानिसहरू मलाई आवश्यक परे लान्छन् नभए त्यसै छोडिदिन्छन् । म कुहिँन्छु, सडिन्छु । कसलाई के चिन्ता छ र ? कसले पो मलाई मूल्य तोकिदिएको थियो र ? कसले मलाई पो मलाई देख्छ र ? म अदृश्य छु । म हावा हुँ, यद्यपि कसैले पनि अनुभव गर्न सक्दैनन ।
कुरो कुन्थरो
छतमा बसेर वार्तालाप सुरु गरियो। मैले पहिलो प्रश्न हजुर आमैलाई कचौरामा राख्दै भनें, "हजुरआमाको उमेर कति पुग्यो नि? हेर्दा त अझै फुर्तिली सुर्तिली देखिनुहुन्छ?" प्रश्नलाई टपक्क टिप्दै, "यो प्रश्न महिला हक बिपरित हो भन्छन। बाबुले सोधिहाल्नु भो। अलि ठेट्ना हुनुहुँदोरहेछ। अरु महिलालाई सोधेको भए पहिलो गाँसमै स्वाद चाखी हाल्नुहुन्थ्यो। मेरो उमेर त भर्खर असीमा बसेकी छु। अब उमेरको कुरा गर्दा त पैतिस चालिस बर्षलाई अधबैसे भनिन्छ। त्यो हिसाबले त मान्छेको बैस सत्तरी असी पुगेपछी पो पुरा हुदो रहेछ। साठी बर्ष नाग्दा पनि नेपालमा युबा नेता भनेको त्यसो पो रहेछ नि बाबु। "
जन्मिएको ठाउ सम्झदै छु
गुड छोडी टाडा टाडा चर्न गए पनि दुखेको छ यांग-शिला खारा जलजलामा
"ओन्छ्यान् ङाला आबा-आमा"मे फुइ बा देन, धुलो स्यन्ग्बदा
‘मेरो मानसपटमा पल्लव सम्मान र धनवाँणी युवा पुरस्कार’
एकदिन अर्थात २०६६ असौजको पहिलो हप्तातिर पल्लव साहित्य परिष्ठानका अध्यक्ष गोर्खेसाइँलोले मलाई एक्कासी फोन गर्नु भयो र भन्नु भयो जिज्ञासुजी आगामी असौजको २३ गते बेलुका तपाई मेरो घरमा आई पुग्नु होला । पल्लव साहित्यि सम्मानका साथै धनवाँणी युवा पुरस्काले तपाईलाई पुरस्कृत गर्ने भन्ने हाम्रो निर्णय भइसकेको हुनाले तपाइँलाई यो जानकारी गराएको छु । निमन्त्रणा पनि इमेलबाट पठाएको छु मेल खोलेर हेर्नु होला । यति भनेर उहाँले फोन राख्नु भयो । एकछिन त म आफैँ अकमक्क परेँ । कताकता मनमा खुसी अनि उल्लाहास जस्तो पनि महशुस गरेँ । त्यसपछि त्यो टेलिफोन वार्ता मैले मेरा आफ्नो जीवनसाथी श्रीमान बिमलप्रसाद पौडेललाई खुसीको खवरकोपमा सुनाएँ त्यतिखेर उहाँले मलाई भन्दै हुनुहुन्थ्यो - तिम्रो साहित्यिक यात्राले बिस्तारै सार्थकता पाउन थाले छ सबैले तिम्रो मेहेनत र लगानीको मूल्याङ्कन र कदर गर्न थालेछन् जस्तो लाग्यो र यो समाचार सुनेर मलाई खुसी लाग्यो । मलाई श्रीमानले मेरो साहित्यिक यात्रामा सधै उहाँको आफ्नो परिस्थितिले भ्याएसम्मका हरेक सहयोग त गर्नु नै हुन्थो तरपनि त्यसबेल उहाँले खुसियाली ब्यक्त गर्न भएको थियो । त्यो खुसीयालीले म भित्रको एउटा छुट्टै हौसला बढ्यो र म मा केही साहित्यिक प्रेरणादायिक उमङ्ग पनि थपियो ।
कृष्ण पापीआज कृष्ण को जन्मदिन, त्यसैले कृष्ण को बारेमा केहि लेख्न मन लाग्यो मलाई । राधा मात्र एक्लो छान्न सक्ने कृष्ण पापी अप्सराहरु के गरेमा फसिन्छन मायाजालमा
‘गोर्खेको सृष्टि-कादम्बरी कविता’ऋषिप्रसाद हुन् एक सिर्जनाका धरोहर
गजल-सन्ध्या पोखराको कार्यक्रम सम्पन्नगजल-सन्ध्या पोखराले गजल वाचन एवम् स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गजल-सन्ध्या पोखराका अध्यक्ष कपिल शर्मा संयोजकको सभापतित्व एवम् प्राज्ञिक सरुभक्तज्यूको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रमका बिशेष अतिथिमा वरिष्ठ गजलकार गीतकार एवम् गायक प्रकट पगेनी शिव हुनुहुन्थ्यो । त्यस्तै अतिथिहरुमा चितवन जिल्लाबाट भागलिन त्यहाँ पुग्नु भएका गजलकारहरुमा गोर्खेसाइँलो पुष्प अधिकारी अंजलि प्रभाकर पण्डित केशवराज आमोदी नवलपरासी जिल्लाबाट गोविन्दराज विनोदी विजयराज ज्ञवाली म्याग्दी जिल्लाबाट सुश्री पवित्रा वुढा अछाम जिल्लाबाट रावल कृष्ण तनहूँ जिल्लाबाट सरला लामिछाने सरु जानकी खनाल अमृता सुवेदी बुद्धीसागर वाग्ले उत्तम अधिकारी प्रकाश ‘प्रतिक’ नुवाकोट जिल्लाबाट गोपाल खनाल पाल्पा जिल्लाबाट हरिमाया परियार स्याङ्जा जिल्लाबाट सुरज उपाध्याय जीवन पौडेल धादिङ जिल्लाबाट रोचन घायल पर्वत जिल्लाबाट सुदिप लामिछाने कृष्ण लामिछाने मिलन पौडेल शङ्कर गिरी कृष्ण पौडेल समीप कार्की लगायतका स्रष्टाहरु हुनुहुन्थ्यो ।
आन्दोलित मन
देश निकास नपाएर आन्दोलित छ ।
‘नारीको अग्रगामितामा पुरुष बाधक बन्नु हुँदैन’ (आलेख)
एन्आरएन् वृद्धाश्रमको प्रेक्षालयमा पल्लव साहित्य सम्मान सम्पन्न
साहित्य र स्रष्टाको सम्मान गरौँ भन्ने नाराका साथमा पल्लव साहित्य प्रतिष्ठान नारायणगढ चितवनले राष्ट्रिय स्तरका वाङ्मयसेवी स्रष्टाहरुलाई सम्मान एवम् पुरस्कार वितरण कृतिविमोचन तथा रचनापाठ गर्ने कार्यक्रमको आयोजना गरेको थियो । वरिष्ठ साहित्यकार टीकाप्रसाद लामिछानेको अध्यक्षतामा र वरिष्ठ कवि एवम् छन्दनायक माधव वियोगीज्यूको प्रमुख आथित्यतामा पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने गोर्खेसाइँलो स्वयम्ले कार्यक्रम साचालन गर्नु भएको थियो । यसरी अत्यन्त उल्लाहासपूर्ण वातावरणमा चलेको कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. गोपाल भण्डारी धनकुटा हालः धरान सुनसरी वरिष्ठ कवि एवम् साहित्यकार उज्ज्वल जि.सी. थान्सिङ नुवाकोट हालः काठमाडौँ वरिष्ठ साहित्यकार देवीप्रसाद रेग्मी वनबासी वालिङ न. पा.- ७ स्याङ्जा वरिष्ठ साहित्यकार एवम् स्तम्भकार जयदेव भट्टराई वटु काठमाडौँ समेत ४ जनालाई फूलमाला दोसल्ला सहित ताम्रपात्रमा पल्लव साहित्य सम्मान - २०६७ समर्पण गरिएको छ भने पुरस्कारतर्फ दुल्लभ लामिछाने स्मृति पुरस्कार एवम् पल्लव साहित्य सम्मान-२०६७ वरिष्ठ साहित्यकार प्रा.डा. नारायणप्रसाद खनाल भरतपुर-५ चितवन गङ्गा भद्रशीला स्मृति पुरस्कार एवम् पल्लव सम्मान-२०६७ वरिष्ठ साहित्यकार रमा शर्मा का.म.न.पा- १५ डल्लु काठमाडौँ भाष्कर लामिछाने लोकसंस्कृति पुरस्कार एवम् पल्लव सम्मान-२०६७ वरिष्ठ लोक-साहित्यकार विश्वप्रेम अधिकारी पुतलीबजार न.पा. १२ स्याङ्जा बोधनाथ-हिमकुमारी लामिछाने स्मृति पुरस्कार एवम् पल्लव सम्मान-२०६७ वरिष्ठ कवि एवम् साहित्यकार दीपक सोती पिठौली नवलपरासी धनवाणी युवासाहित्य पुरस्कार एवम् पल्लव सम्मान-२०६७ जागरुक युवा साहित्यकार कल्पना काफ्ले धनुकुटा हालः चन्द्रगढी झापा लाई प्रदान गरिएको थियो । आदर्णीय वरिष्ठ साहित्यकार नवराज सुब्बालाई गतसाल पल्लव सम्मान-२०६६ द्वारा सम्मान गरिको थियो । उहाँको व्यस्तताले गतसाल कार्यक्रममा उपस्थित हुन सक्नु भएन तसर्थ उहाँलाई सम्मान गरेको फुलमाला दोसल्ला र ताम्रपत्रमा लेखिएको सम्मानपत्र पनि यही कार्यक्रममा हस्तान्त्रण गरिने छ ।
हँसाउनुभन्दा होस जगाउनु ः विकृतिनाशक अस्त्र
नयाँ-पुरानोपत्र पुरानै मात्र खाम नयाँ खै, के फरक भो हिजो र आज नयाँ बोतलमा रक्सी पुरानै
|
Recent comments
3 hours 31 min ago
5 hours 44 sec ago
5 hours 1 min ago
5 hours 3 min ago
5 hours 5 min ago
1 day 6 hours ago
1 day 8 hours ago
2 days 1 hour ago
2 days 3 hours ago
2 days 4 hours ago