मेरो देश दुखेको बेला

गाउँ शहर जताततै, बन्दुकहरू भुकेको बेला
नाजिस्काऊ साथी मलाई, मेरो देश दुखेको बेला

न्याय सत्य अधिकार र, शान्ति-सुरक्षा लुकेको बेला
दया माया भातृत्व र, मातृत्वको मुहान सुकेको बेला
मौकाको पर्खाइमा हाम्रा, कालापानीहरू ढुकेको बेला
पार्टी पार्टीहरू बिचको, एकताको गाँठो फुकेको बेला
नाजिस्काऊ साथी मलाई, मेरो देश दुखेको बेला

आधा घण्टा

निस्सासिदो धुल–धुवाँको मेघमाला
धर्ती फोर्ने गगनभेदी चिच्याहट
सघन अधरामृतमाथि गन्दगी पहाड
जनजन्तुको चित्रपट यो हाम्रो शहर ।

हौ तिमी प्रेरणाकी खानी

हौ तिमी प्रेरणाकी खानी
अनी कोमलताकी रानी।

हौ, जननी पनि तिमी नै
फेरि सुलभ तिम्रो बानी ।

पिरतीले बान्नेहरू पाएँ

बामे सर्दै जिउँछु हात तान्नेहरू पाएँ
एक्लो मनलाई पिरतीले बान्नेहरू पाएँ ।।

होईन स्वार्थी संसार अब मेरो निम्ति मात्रै
पराई हैन आफ्नो मान्छे ठान्नेहरू पाएँ ।।

मेरो अन्तिम माया (यथार्थता)

किन आउँछ याद तिम्रो सधै-सधै साँझमा ……..

भोलि मेरो मरुभूमि फर्कने दिन हो । म भने मनभरि असीमित भावनाहरू बोकेर आँधीखोलाको उकाली चढिरहेको छु, घाम पारी डाँडाबाट ओराली लाग्दै छ। आधी उकालो पार गर्दैमा खुट्टा गलेर आयो पहिले यही उकालो भारी बोकेर हिंड्दा पनि केही नभएको खुट्टा आज खै किन आधी बाटोमै दुखेर आयो। थचक्क ढुङ्गामा बस्छु । अनि आफ्नै गाउ नियाल्छु जहाँ मैले धेरै बसन्तहरू पार गरेको थिएँ, कति सुन्दर छ मेरो गाउँ कहिले पहिले यस्तो सुन्दर गाउ नदेखेको जस्तो।

मौन काठमाण्डौ

कुकुरको साम्राज्यले निलेको छ शहर
नीद खोज्ने बजारमा जलेको छ रहर ।

असभ्य त्यो जङ्गलीपन मानिसमा मौलाउँदा
हाँसो बग्ने मानिसको टुटेको छ नहर ।

कठै ती आमा !

मिलनको घडीलाई पर्खेर बसेका
ती लामा रातहरू
अत्यासपूर्ण अनि थकानयुक्त
ती गोधुली साँझहरू

सन्देश गजल

चौतारीमा बर-पीपल रोप्नु भन्नु बाबालाई
मोढ बनाई तुलसी बिरुवा रोप्नु बन्नु आमालाई

मौसम भयो परिबर्तन वन जंगल मासिनाले
जन्म दिनमा सती-साल रोप्नु भन्नु मामालाई

अभागी कर्म

यो ठुलो संसारभित्र
मेरो एउटा सानो घर थियो

जुन सानो घरभित्र
एउटा ठुलो शहर थियो

झर्ने त्यो फूल भएछु

शृष्टिको भुल भएछु ।
झर्ने त्यो फूल भएछु

जस्ले पनि तिर्खा मेट्ने
पानीको मूल भएछु ।

गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र

अरवीक माटोमा जन्मिएर उर्दु, हिन्दी भाषा हुदै भित्रिएको गजल विधाले नेपाली माटोमा आज एउटा लामो काल खण्ड विताइसकेको छ । दसौ शताव्दीमै इरानी अन्धा कवि रौदकीले जन्माएको विस्वास गरिएको यो विधालाई नेपाली माटोमा भित्र्याउने श्रेय भने मोतीराम भट्ट (वि.स.१९२३ –१९५३)लाई जान्छ । मोतीरामले भारतबाट यो विधालाई भित्र्याएको मानिन्छ । यसरी नेपाली मोटोमा भित्रिएर सवा शयको भन्दा लामो काल खण्ड विताइसकेको नेपाली गजलले ठूला ठूला हाँक र चुनौतिका सामना गर्दै आएको छ । लामो समय सम्म सुसुप्त अवस्थामा वसेको यो विधाले तीसको दशक पछि मात्र मौलाउने अवसर पायो ।

हाँस्न थालेकी थेँ

तिमी आयौ जीवनमा हाँस्न थालेकी थेँ
थोरै खुशी संगालेर बाँच्न थालेकी थेँ ।।

भित्र भित्रै अट्टहासले निचोरेको आत्मा
मन बिगार्ने ऐजेरुलाई मास्न थालेकी थेँ ।।

म एक पात्र हुँ

म एक पात्र हुँ
कुनै एक नाटकको
हरेक दुखमा समाहित हुनु
मेरो मुख्य भूमिका हो
ढुख, सुख.हाँसो खुसी रोदन
आरोह अवरोह यी सबै मेरा
भूमिकाभित्रका कथाहरू हुन्

म, इन्टरनेट र स्रष्ठा सर्मीला खड्का दाहाल

म धेरै समय पछि मात्र इन्टरनेटा बसे । पहिला पहिला म त्यति इन्टरनेटमा वस्दिनथे । अझ गाठी कुरो त म त्यसरी इन्टरनेटमा बस्न रुचाउन्नथे पनि भन्दा पनि वेठीक नहोला । साचो कुरो अर्को पनि थियो । समय नै मिल्दैनथ्यो पनि । मिलिगए पनि नेटको सर्वसुलभता कहा थियो र ? तर आजभोलि धने मेरो पूरै आदत वदलिएको छ । सोचमा पनि परिवर्तन भएको हुनु पर्छ । मैले इन्टरनेटको महत्व वुझेछु क्यार भन्नु पर्ला । साथीभाइ संघ भेटघाट गर्ने देखि लिएर देश विदेशका घटना क्रमहरु हेर्ने र सुन्ने माध्यम नै भएको छ इन्टरनेट । समय मिल्यो कि म इन्टरनेटमा बसिजान्छु ।

गजल

धेरै दिन भयो सँगै बोली हिड्न नपाएको
घाँस काट्दा खोला खोली हिड्न नपाएको

प्रेममा पसिएका घाइतेहरूलाई सोध्नु
प्रेमी प्रेमीको जोली हिड्न नपाएको

स्वार्थी रैछौ माया

स्वार्थी रैछौ माया तिमी भेट्मा मात्र बोल्ने
मनको कुरा आफ्नो ठानी कहिल्यै नखोल्ने ........

म त तिम्रो भरमा परी सबै कुरा भन्थें
मिलन कहिले होला भनी दिनहरू गन्थें ........

लुट्नेहरू महान अरे

आजभोलि माग्नेभन्दा लुट्नेहरू महान अरे
लुकीछिपी मान्छे मार्न कुट्नेहरू महान अरे

पाप धर्म हाम्रो कर्म आफैलाई थाहा छैन
गल्ती गरी बिना दण्ड छुट्नेहरू महान अरे

होली: हाम्रो मस्तको चाड !

बसन्तको चाड आहा,बसन्तनै जस्तो!
खेलुँ-खेलुँ,हेरुँ-हेरुँ,लाग्छ किन यस्तो?
बुढा-बुढी,केटा-केटी,तन्नेरीको चर्को!
होली भन्ने रमाइलो,चाड हामी-हरुको!

माग्नेकी आमा

छोराको प्रगतीको कुरा सुन्दा र देख्दा उसकी आमा हर्षले गदगद हुन्थिन । हुन पनि उनको छोरोले राम्रो प्रगती गरेको थियो । आर्थिक उन्नतीको त कुरै नगरौ । शहरमा २ वटा ठूला ठूला घरहरु थिए । एउटामा आफ्नो परिवार बस्थे अर्को घरचाही एउटा विदेशी संस्थालाई भाडामा लगाएको थियो । उसले चढ्ने गाडी उसले भने अनुसार नै अफिसका तर्फबाट विदेशवाट झिकाईएको थियो । उसको बिहेमा उसको ससुराली पक्षले राम्रो दाईजो दिएको कुरा त सबैको सामु जगजाहेर थियो । माथीका हाकिमहरुलाई खुसी पारेर बर्षको दूई तीन पटक त विदेश भ्रमण गरिरहन्थयो । उसकी श्रीमती र छोराछोरीहरुलाई जे चाहियो उ सिधै अफिसकै तर्फवाट मगाउथ्यो या त आफ्नो प्रभावको प्रयोग गरी सस्तो दरमा राम्रा र महंगा सामानहरु उपलव्ध गराउथ्यो । आज उसंग यति सम्पत्ति थियो कि जुन उसको सन्तानलाई अर्को पचास बर्ष कामै नगरे पनि खान पुगथ्यो ।

आखिर

मैले जिन्दगीमा सबैथोक हराए
जीवन दिप कहिले नबल्ने गराए

आँफैलाई गुमए मैले तिम्रो लागि
खरनी घसेछु हुन खोज्दा त्यगी
आँफै खाल्डो खानि आँफैलाई भराए
जीवन दिप कहिल्यै नबल्ने गराए

Syndicate content